२०७७ मंसिर २०, शनिबार

गाउँपालिकाको केन्द्रको असन्तुष्टी जनाउँदै आन्दोलन

सुर्खेत, चैत्र ४ । चौकुने गाउँपालिकाको केन्द्र सबैलाई पायक पर्ने बिजौरामा राख्नुपर्ने माग गर्दै चौकुने गाउँपालिकाका समावेश भएका लगाम, बेतान, बिजौरा र घाटगाउँका नागरिकहरु वीरेन्द्रनगर आईपुगेका छन् ।

उनीहरुले राज्य पुर्नसँरचना गर्दा चौकुने गाउँपालिकाको केन्द्र गुटुमा राखिए आफुहरु आन्दोलनमा उत्रिने भन्दै गाउँपालिकाको केन्द्र बिजौरामै राखिनुपर्ने माग गरेका छन् । चौकुने गाउँपालिकाको केन्द्र गुटुमा राखिनु चौकुनेका बासिन्दाहरुलाई अन्याय हुने भन्दै त्यसलाई परिवर्तन गनुपर्ने चौकुने गाउँपालिका संघर्ष समितिका अध्यक्ष तथा नेकपा एमाले लगाम गाउँ कमिटिका अध्यक्ष लक्ष्मण आलेले बताएका छन् ।

उनले गुटुमा केन्द्र स्थापित भएपछि लगाम, बेतान र घाटगाउका जनताले विकास देख्न मुस्किल पर्ने भन्दै जुनसुकै हालतमा पनि बिजौरा केन्द्र तोकिनु पर्नेमा जोड दिएका छन् । उनले राजनितिक दलका व्यक्तिहरुको दबाबमा गुटुलाई केन्द्र बनाईय जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताएका छन् ।