२०७७ मंसिर १५, सोमबार

मोरङमा गोली चल्यो, २ जनाको मृत्यु

४ चैत, मोरङ । मोरङको कटहरी गाविसमा गोली हानी सासु बुहारीको हत्या भएको छ । कटहरी १ आदर्श टोल बस्ने अन्दाजी ४५ वर्षिया गीता निरौला र उनकी बुहारी २२ वर्ष की अस्मिता भट्टराईको आज साँझ आफ्नै घरमा गोली हानी हत्या भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दिउँसो साढे ४ बजेतिर प्रहरीलाई खबर भएको र प्रहरी पुग्दा घटनास्थलमा दुवै जना मृत अवस्थामा फेला पारेको डिआइजी रमेश भट्टराईले जानकारी दिए । घटनामा हत्या गरिएका दुई जना सासु–बुहारी हुन् ।

निरौला इन्द्र चन्द्र डाँगाकी श्रीमती हुन् भने भट्टराई डाँगाको छोरा राम डाँगाकी श्रीमती हुन् । हत्याको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको डिआइजी भट्टराईले बताएका छन् । कटहरी विराटनगरको पूर्वी सिमानामा पर्छ । nepaliheadlines