२०७७ कार्तिक ९, आईतवार

बद्रि पंगेनी आज मप विश्वविद्यालयमा

badri-pangeni-1सुर्खेत, साउन २४ ।
जन गायक बद्रि पंगेनीसहितको टोली एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्रचारको लागि सुर्खेत आइपुगेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो पटक हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्रचारप्रसारका लागि पंगेनिसहितको टोली सुर्खेत आइपुगेको हो ।

अनेरास्ववियुले आज (सोमबार) विश्वविद्याययको केन्द्रीय क्याम्पस हातामा आयोजना गरेको प्रचारप्रसार कार्यक्रममा सहभागी हुन एमाले नेता रविन्द्र अधिकारी, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामा सहिताका नेताहरु सुर्खेत आइपुगेका हुन् ।

कार्यक्रम विहान ७ बजेदेखि १० बजेसम्म संचालन हुने अनेरास्ववियु प्रचारप्रसार समिति मप विश्वविद्यालय सुर्खेतका संयोजक गगनसिंह ठकुरीले जानकारी दिए । पत्रकार सम्मेलन गरी संयोजक ठकुरीले सास्कृतिक कार्यक्रमसहित प्रचारप्रसार गर्न लागिएको बताए ।