२०७७ माघ ४, आईतवार

६ नेकपा माओवादीको वडा सम्मेलन

सुर्खेत, चैत ६ । नेकपा माओवादी केन्द्र, वीरेन्द्रनगर सुर्खेतको वडा नम्वर १ र २ को संयुक्त वडा सम्मेलन सम्पन्न भएको छ । संयुक्त वडा सम्मेलन बाट वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ र २ संयुक्त?पमा वडा नम्वर १ मा समायोजन भएको छ ।

संयुक्त वडा सम्मेलन बाट वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ मा नेकपा माओवादी केन्द्र सुर्खेतको नया कार्य समिति चयन गरीएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तिलक लामिछाने,उपाध्यक्षमा भक्त बहादुर रसाईलि,सचिवमा जनकराम खड्का,सहसचिवमा गिता बोहरा,कोषध्यक्षमा ज्ञानु नेपालि लगाएत २१ सदस्य नया कार्य समितिको चयन गरिएको छ ।

संयुक्त वडा सम्मेलन कार्यक्रममा, नेकपा माओवादी केन्द्र सुर्खेतका ईन्चार्ज नर बहादुर बिष्टले गणतन्त्र र संघियताको रक्षा गर्न नेकपा माओवादी केन्द्रको काधमा आएको बताउनु भएको छ । बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा सबै एक जुट भएर अगाडि बढन सम्पूण कार्यक्रतालाई उहाले निर्देशन दिनु भयो । कार्यक्रममा केन्द्रीय महाधिवेश प्रतिनिधि गंगाराम तिमिल्सेना, नेकपा माओवादीका केन्द्रीय सदस्य रत्नबहादुर गाहा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम वीरेन्द्रनगर नगरपालिका सुर्खेतका सहसचिव तथा वीरेन्द्रनगर नगरपालिका १, २ र ३ का ईन्चार्ज विवेक वलीको अध्यक्षतामा सम्पन्न भएको हो ।