२०७७ मंसिर १०, बुधबार

अपाङग महिला समाजको साधारणसभा

सुर्खेत, चैत ६ । अपाङग महिला समाज सुर्खेतको चौथो वार्षिक साधारणसभा शनिबार भएको छ । सम्मरबहादुर मल्लको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन र भावी कार्ययोजना संसाथका सचिव ललिसरा घर्ती मगरले प्रस्तुत गरेकि थिइन ।

कार्यक्रममा प्रमुख अतिथी मल्ल र विशेष अतिथी राष्ट्रिय अपाङग महासंघ मध्यपश्चिमका कोषाध्यक्ष सुरेश कुमार खड्काले अपाङगता सम्बन्धी भएका नीति र कानुनहरु कार्यान्वयनका लागि सहबै एकजुटहुनुपर्ने बताएका थिए ।

साथै यो अपाङग महिला समाजलाई प्रदेश नं. ६ का जिल्लाहरुमा विस्तार गर्नुपर्नेमा पनि साधारणसभामा जोड दिइएको थियो । साथै अपाङगता भएका महिलाहरुका लागि सीपमुलक तालिम संचालन गरी क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रमम अध्यक्ष धनसरा शाहीको सभापतित्वमा सम्पन्न भएको हो ।