२०७७ मंसिर ११, बिहीबार

हस्तमैथुन गर्नेलाई १० हजार जरिवाना !

७ चैत, एजेन्सी । अमेरिकाको टेक्सासकी एक डेमोक्रेटिक महिला सांसद जेसिका फर्रारले हस्तमैथुन गर्ने पुरुषलाई १०० डलर (करिब १० हजार रुपैयाँ) जरिवाना तिर्नुपर्ने प्रस्तावित पेश गरेका छन् ।

उनको प्रस्तावमा भनिएको छ, ‘नजन्मेका बच्चाको सुरक्षा चारैतिरबाट हुनुपर्छ । यदि कसैले हस्तमैथुनबाट स्पर्म फाल्दछ भने यसलाई भ्रुण हत्या मानिनेछ । र त्यसैको विरुद्ध कदम उठाइनेछ ।’

‘जान्ने पुरुषको अधिकार’ अभियान अन्तर्गत जेसिकाले भनिन्, स्वास्थ्य सुरक्षाको नाममा महिलाको लागी विभिन्न कानुनहरु बनाइएका छन् । तिनै कानुनको नाममा महिलालाई दुख दिइन्छ । तर पुरुषको लागी भनेर त्यस्ता कुनै कानुन बनेका छैनन् ।’ उनले विशेषगरी गर्भपतनको विषय उल्लेख गरेकी हुन।

उनि भन्छिन्, ‘स्वास्थ्य सुरक्षाको नाममा अमेरिकी महिलाले विभिन्न समस्या झेलिरहेका छन् । तर हस्तमैथुन गरेर शुक्रकिट खेर फालेर भ्रुण हत्या गर्नेलाई विशेष कारवाही हुनुपर्छ ।’

टेक्सास राज्यको ‘हाउस अफ रिप्रेजेन्टिभ’ रिपव्लिकनको नियन्त्रणमा छ । यहाँ गर्भपतनको विषयलाई लिएर विशेष कानुन तयार गरिएको छ । जहाँ रुढिवादी ईशाई परम्परा अनुसार गर्भपतनको कानुन बनाईएको छ ।

सन् २०११ पछि गर्भपतनको २४ घण्टा अगाडी महिलालाई एक कठिन अल्ट्रासाउण्डबाट गुज्रनुपर्छ। यसको लागि महिलाले कम्तिमा दुई पटक हस्पिटलको चक्कर लगाउनुपर्छ। यसैकारण फर्रार रिसाएकी हुन।