२०७७ मंसिर ८, सोमबार

यी हुन बेलायतका राजकुमार ह्यारीकी गर्लफ्रेन्ड

ब्रिटिस राजकुमार ह्यारीकी गर्लफ्रेन्ड राचेल मेगान मार्क्ले अमेरिकी नायिका हुन । टेलिभिजनमा चर्चित सिरियल ‘सुइटस्’मा राचेल जेनको नामले उनलाई धेरैले चिन्ने गर्छन्। लस एन्जल्स, क्यालीफोर्नियामा सन् १९८१ मा जन्मेकी मेगानले २० भन्दा बढी सिरियल अनि करिब आधा-दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन्।

यिनै नायिकाले अब अभिनय छोड्ने खबर आएको छ ।

अन्तराष्ट्रिय मिडिया भन्छन्, ह्यारीसंगको सम्बन्ध अघि पनि मेगानले अभिनय छोड्ने मनस्थिति बनाएकी थिइन। उनी परोपकारको लागि विश्व भ्रमणमा निस्कन चाहन्छिन्।

यो दिशामा उनले कदम पनि चालिसकिन । यहि जनवरीमा उनी एक हप्ताको लागि भारत गएकी थिइन। वर्ल्ड भिजन क्यानडको मानवीय सहायताकोलागि पिछडिएका महिलाहरुको सहयोगार्थ सो मिसनमा मेगानलाई पठाएको थियो।

विभिन्न सार्वजनिक कार्यक्रमहरुमा संगै देखिन थालेपछि प्रिन्स ह्यारीसंग यी अमेरिकन नायिकाको सम्बन्ध अघिल्लो वर्षको नोभेम्बरमा केन्सिङ्टन प्यालेसले खुलासा गरेको थियो।