२०७७ मंसिर ९, मंगलवार

निताले तोकिन् आफ्नो रेट १० लाख !

७ चैत, काठमाडौँ । प्राय फिल्म प्रचारमा नदेखिने भनिएकी कलिउड अभिनेत्री निता ढुंगाना शनिबार आफ्नो आगमी फिल्म ‘निर्भय’को एक प्रचारात्मक कार्यक्रममा देखिइन् ।

कार्यक्रममा ‘निर्भय’बारे पत्रकारसँग कुराकानीका क्रममा निताले १० लाख पारिश्रमिक पाए बर्षमा एउटै फिल्म मात्रै गर्ने बताएकी छिन् । एउटै फिल्मबाट १० लाख पाए फाट्ट–फुट्ट म्युजिक भिडियोमा देखिनु नपर्ने बताइन ।

नायिका मात्रै भएर पेट नपालिने भएकाले कहिले–काही म्युजिक भिडियोमा पनि काम गर्नुपर्ने बाध्यता रहेको निताले बताइन् । ‘निर्भय’बाट पहिलो पटक निखिल उप्रेतीको जोडीको रुपमा देखिएकी निताले एक साहसिक र निडर श्रीमतीको भूमिका निभाएको र निखिलसँग क्यामेस्ट्री सुहाएको पनि बताइन् ।

मधुसुदन भट्टराईले निर्देशन गरेको फिल्म ‘निर्भय’ चैत्र ११ गतेबाट रिलिज हुँदैछ ।