२०७७ मंसिर १३, शनिबार

‘पत्रकार महासंघको निर्वाचन रोक्ने हामी होइनौं’

सुर्खेत, चैत्र ७ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अधिबेशन अझै हुन सकेको छैन । पटक पटक अधिबेशनको मित सार्ने र नयाँ मिति तोक्ने गरिएको शाखाको अधिबेश अहिले अनियमित भएको छ ।

अधिबेशन रोकिनुको कारण शाखाले सुद्धिकरण अभियानका क्रममा सिफारिस गरेका ९० जनाको कुरो नमिल्दा भन्ने प्रचार गरिएको प्रति ९० जना भित्रकै आन्दोनमा उत्रिएकाहरुले आफूहरु कारण नभएको बताएकाछन् ।

आन्दोलनमा उत्रिएका ललित भट्टराईले विज्ञप्ति निकाली अधिबेशनलाई अन्यौल बनाउनका लागि आफूहरुको आन्द्योलनलाई बहानाबाजी मात्रै गराएको बताएकाछन् । विज्ञप्तिमा भट्टराईले आफूहरुका कारण अधिबेशनको अन्यौल नभएको प्रष्ट पार्दै महासंघसंग असन्तुष्ट भएका पक्षहरुले कुनै समस्या नहुने गरी नीतिगत रुपमै सहमति गरिसकेको हुँदा सदस्यताको कारण अधिबेशन अन्यौल नभएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा शाखाको नविकरण शुल्क तोकिएको मयभित्र उठाइएपनि शाखा सचिवले केन्द्रमा नबुझाउने, महासंघ कै केही केन्द्रीय पदाधिकारीकै निहित स्वार्थका लागि सिंगौ संस्थालाई अनिर्णयको बन्दी बनाएको र लोकतान्त्रिक भनी दावी गर्ने तर लोकतान्त्रिक प्रकृयामा आउनै डराउनेहरुका कारण अधिबेशन अन्यौल भएको प्रष्ट पारिएको छ ।

भट्टराईले विज्ञप्तिमा आफूहरुलाई दोष लगाएर संस्थालाई अनिर्णयको बन्दी बनाएकोमा ध्यानाकर्षण भएको भन्दै जिल्ला शाखा र केन्द्रलाई तत्काल अधिबेशनको मिति तोक्न अनुरोध समेत गरेकाछन् ।