२०७७ कार्तिक ४, मंगलवार

कुनाथरीमा माओवादी केन्द्रको एकता भेला

maiost-logoसुर्खेत, साउन २४ ।
पश्चिम सुर्खेतको कुनाथरी गाविसमा माओवादी केन्द्रको एकता भेला सम्पन्न भएको छ । केन्द्रमा विभिन्न माओवादी घटकहरु बिच एकता भएर माओवादी केन्द्र बनेपछि तल्लो तहसम्म एकताको भाव सम्प्रेषण गर्नका लागि एकता अभियान थालेको माओवादी केन्द्रले आइतबार कुनाथरीमा एकता भेला सम्पन्न गरेको हो ।

भलाले एक सय १ सदस्यीय गाउँ सम्मेलन आयोजक समिति गठन गरेको छ । आयोजक समिति अर्जुन बुचा मगरको संयोजकत्वमा गठन गरिएको राष्ट्रिय महाधिबेशन आयोजक समितिका सदस्य बलबहादुर कठायतले जानकारी दिए ।

साथै भेलाले संगठन सुदृढिकरण गर्ने, सुद्धिकरण अभियान संचालन गरी वडा कमिटीहरु पुनरगठन गर्ने, सदस्यता नविकरण गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।

कार्यक्रममा राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य लोकेन्द्र राना, खड्क बि.क., बलबहादुर कठायत लगायतले प्रशिक्षण दिएका थिए । उनीहरुले पार्टी एकता पछिको अवस्था र अब पार्टीले लिने रणनीतिका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिदै संगठन निर्माणका लागि लाग्न आग्रह गरेका थिए ।