२०७७ माघ ९, शुक्रबार

१७ गते सुर्खेतमा रक्तिम विविध साँस्कृतिक कार्यक्रम

सुर्खेत, चैत ७ । यहाँको वीरेन्द्रनगरमा यही चैत्रको १७ गते रक्तिम विविध साँस्कृति कार्यक्रम हुने भएको छ । माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियान केन्द्रीय समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमको बारेमा जानकारी दिन आइतबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै अभियानका केन्द्रयि अध्यक्ष भरत शाहीले अभियानलाई निरन्तरता दिन र आम नागरिकलाई जागरुक बनाउनका लागि यो कार्यक्रम गर्न लागिएको बताए ।

उनले कलाकारहरुको कला र प्रतिभाका माध्यमबाट नागरिकहरुलाई माथिल्लो कर्णाली परियोजनाका बारेमा प्रष्ट पार्ने र परियोजना नेपाल कै लगानीमा निर्माण गर्नुपर्छ भन्ने कुराको चेतना दिनका लागि आफूहरुले कार्यक्रमको आयोजना को बताए । अहिले स्थानीयस्तरका सर्वसाधारण नागरिकहरुलाई परियोजनाको फाइदा र घाटाका बारेमा जानकारी हुन नसकेको भन्दै उनले परियोजना जिएमआरले बनाउन हुने नोक्सानीका बारेमा जनतालाई बुझाउन आवश्यक भएको बताए । सोही अनुसार आम नागरिकमा माथिल्लो कर्णालीको बास्तविकता जानकारी गराउनका लागि यो कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।

घण्टाघर पार्कभित्र आयोजना हुने कार्यक्रममा रक्तिमका केन्द्रीय कलाकारहरु जनवादी गायक जीवन शर्मा लगायतको टिम, हास्य कलाकार मनोज गजुरेज लगायतको उपस्थिति हुनेछ । यस्तै अघिल्लो दिन १६ गते बाँकेको कोहलपूर र १९ गते दैलेख बजारमा कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुनका लागि टिकटको व्यवस्था गरिएको छ ।