२०७७ माघ १२, सोमबार

बजार अनगुमगन, पसल दर्ता नै नगरेको र मूल्य सूची नराखेको पाइयो

सुर्खेत, चैत ८। जिल्ला बजार अनुगमन समिति सुर्खेतले सोमबार यहाँको वीरेन्द्रनगरको हटियामा रहेका विभिन्न पसलहरुको अनुगमन गरेको छ ।

अनुगमन समितिका संयोजक जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनका क्रममा फेरी पनि पसलहरुमा मूल्य सूचनी टाँस नगरेको र केही पसलहरु दर्ता नै नगरी संचालन गरेको पाइएको छ ।

हटिया वरिपरिका विभिन्न ३१ वटा पसलहरुको अनुगमन गरिएकोमा खाद्य स्टोर्समा मूल्य सूची नराखिएको, विक्रि गर्न सजाएर राखेको र एउटा सुन चाँदी पसल पनि दर्ता नगरेर संचालन गरेको पाइएको छ । यस्तै खुला रुपमा बिक्रि गर्न लागेको चुरोट ८७ खिल्ली, सुर्ती १ सय ५३ पाकेट नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।

हटियावजारमा फेन्सी पसलहरु मध्ये २ वटा दर्ता नगरी सञ्चालन गरेको र ३ वटाले १ पसल दर्ता गरी धेरै पसल सञ्चालन गरेको पाईएकोले नियमानुसार पसल दर्ता गर्न निर्देशन दिईएको छ । एउटा मासु पसलमा फोहोर देखिएकोले तुरुन्त सफा गर्न निर्देशन दिईएको र व्यवसायीले १ दिन भित्र सफा गर्ने प्रतिवद्धता व्यक्त गरको अनुगमन समितिले जनाएको छ ।

अनुगमनमा वीरेन्द्रनगर नगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनश्वास्थ्य कार्यालय घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय सुर्खेत, नेपाल उपभोक्ता महिला तथा वालवालिका संरक्षण समूह संस्था लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।