२०७७ माघ ५, सोमबार

सुसियाली दिवसमा घैटोफोर प्रतियोगिता

सुर्खेत, चैत ८ । अन्तराष्ट्रिय खुसियाली दिवसको अवसरमा पश्चिम सुर्खेतको कुनाथरीमा खुसी गाउँ बनाउ, अधिकार सहित आत्मसम्मानका साथ बाँचौ’ भन्ने नाराका साथ अन्तरक्रिया तथा दम्पत्ती घैटोफोर प्रतियोगिता आयोजना गरिएको छ ।

स्टोमा फाउण्डेशन को आर्थिक सहयोगमा खुसियाली गाउँ बनाउ मूल सहयोग समिति, बेलचौर स्वाबलम्बन आमा समूह र कल्पना स्वाबलम्बन आमा समूहको आयोजनामा किर्डाक नेपालको सहजिकरणमा कार्यक्रम भएको हो ।

प्रतियोगितामा १२ जना सम्पत्तीको सहभागिता रहेकोमा प्रथम विर्मा र गणेश सारुको सम्पत्ती, द्धितीय सुमित्रा र टोपबहादुर सिँजालीको दम्पत्ती र तृतीय भिमबहादुर र रुपसीला सारु मगरको सम्पत्ती भएको छ ।
कार्यक्रम कुनाथरी स्वास्थ्य चौकी प्रमुख राजु बस्नेतको प्रमुख आतिथ्यता तथा छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।