२०७७ माघ ४, आईतवार

प्रदेश नं. ६ का सामुदायिक रेडियोकमीको भेला, समृद्धिमा जोड

सुर्खेत, चैत ८ । सामुदायिक रेडियो प्रसारक संघ (अको¥याव) प्रदेश नं. ६ को भेला यहाँको वीरेन्द्रगनरमा भएको छ । प्रदेश संरचना अनुसरा पहिलो पटक भएको प्रदेश भेलाको उद्घाटन सत्रमा सहभागी सामुदायिक रेडियोकर्मीहरुले अब यहाँका नागरिकहरुको आवश्यकता अनुसार यस प्रदेशको समृद्धिका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकाछन् ।

कार्यक्रममा बोल्दै अको¥यावका केन्द्रीय अध्यक्ष सुवाश खतिवडाले अब सामुदायिक रेडियोहरुले स्थानीय आवश्यकता परिपूर्तिका लागि सूचना सम्प्रेषण गर्नु भन्दै स्थानीय उत्पादनलाई स्थापित गराउन भूमिका निर्वाह गर्नुपर्ने बताए । यसै प्रदेशका स्थानीय विषयबस्तुलाई प्राथमिकतामा राखेर समृद्धिका लागि पैरवि गर्नुपर्नेमा जोड दिए । साथै निकट भविष्यमै स्थानीय तहको निर्वाचन हुने भएकोले त्यसका लागि नागरिकहरुमा जगरण गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा निमित्त क्षेत्रीय प्रशासक जगत बस्नेतले सामुदायिक रेडियोहरुले आफ्नो विश्वसनीयतालाई बलियो बनाउँदै यो प्रदेशका सम्भावनाहरुलाई उजागर गर्दै प्रदेशको समृद्धिको लागि लाग्नुपर्ने बताए । कार्यक्रममा अको¥याबका केन्द्रीय बरिष्ट उपाध्यक्ष अर्जुन गिरीले पनि अब सामुदायिक रेडियोहरु समुदायप्रति उत्तरदायी हुनुपर्ने भन्दै अब गुणस्तरीयतालाई समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतम र अको¥याबका केन्द्रीय महासचिव गोविन्द देवकोटाले सामुदायिक रेडियोहरुले आफ्नो गुणस्तरीयता बढाउनुका साथै दीगोपनका लागि विश्वसनीयता पनि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा अको¥याबका केन्द्रीय सल्लाहाकार किशोरजंग थापा र केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्काले सामुदायिक रेडियोहरुले कार्यक्रम नागरिकमैत्री हुनुपर्ने भन्दै रेडियोहरुलाई उत्कृष्ठ बनाउनुपर्ने बताए । उनीहरुले सामुदायिक रेडियोलाई वास्तविक रेडियो बनाउनुपर्ने बताए ।

अको¥याबका पूर्व लेखा समिति संयोजक तुला अधिकारीले सामुदायिक रेडियोहरुले गुणस्तरियतालाई ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका समन्वय अधिकारी अमृत लम्सालले यो प्रदेशको आर्थिक समृद्धिका लागि आर्थिक रुपान्तरणको लागि काम गर्नुपर्ने बताए । उनले स्थानीय बस्तुहरुको बजारिकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले सामुदायिक रेडियोहले स्थानीय नागरिकहरुलाई छुन सक्नुपर्ने बताए ।

पत्रकार महाहसंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य डिल्लि रावल, प्रेस सेन्टर नेपाल प्रदेश नं. ६ का अध्यक्ष धुर्वविक्रम बुढाथोकीले सामुदायिक रेडियोहरु दुर्गमका नागरिकहरुको साथी बन्न सक्नुपर्ने बताए । उनीहरुले रेडियोहरुले जनताका मुद्दाहरु उठाउनुपर्ने भन्दै स्थानीय विकासका लागि सामुदायिक रेडियोहरुले पैरवी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघका सुर्खेता अध्यक्ष हरि अधिकारी, सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधि टुकाराम लामिछाने, रेडियोकर्मी नारायण कोइराला र मोहन बडुवालले सामुदायिक रेडियोहरुले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै अब प्रदेश नं. ६ को समृद्धिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रम प्रदेश नं. ६ का अध्यक्ष रमेश गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।