२०७७ माघ १४, बुधबार

परीक्षा केन्द्रमै जन्माइन् कमलाले छोरा

जाजरकोट, चैत्र ९ । मान्नेढुङ्गा मावि टालेगाउँकी कमला कुमारी वस्नेतले एसिइई परीक्षा दिदादिदै छोरा जन्माएकी छिन् ।

मंगलबार सामाजिक विषयको परिक्षा दिदै गर्दा छोराको जन्म दिएकी हुन् । खुर्पा परिक्षा केन्द्रमा उनले छोराको जन्म दिएको केन्द्राध्यक्ष दिनेश सिंहले जानकारी दिए । वच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको ढिमे स्वास्थ्य कार्यालयले वताएको छ ।