२०७७ माघ ९, शुक्रबार

राष्ट्रिय दल बन्न ३ प्रतिशत थ्रेसहोल्ड

काठमाडौं, चैत १० । राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको छ । बुधबार बसेको बैठकले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित समितिमा पठाएको हो ।

कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको २७ औं बैठकले यो निर्णय गरेको हो । जसमा उपसमितिका नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका थिए ।

राष्ट्रिय पार्टीको मान्यता पाउनका लागि दलले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत र राष्ट्रिय पार्टीको मान्यता पाउन कम्तिमा एक सिट प्रत्यक्ष सांसद पनि जित्नुपर्ने व्यवस्था गरिएको छ ।