२०७७ माघ ८, बिहीबार

राप्रपा सुर्खेतको अनुक्षिण

सुर्खेत, चैत १० । राष्टिय प्रजातन्त्र पार्टी सुर्खेतको अनुशिक्षण कार्यक्रम यहाँको वीरुेन्द्रनगरमा सम्पन्न भएको छ । आउदै गरेको स्थानीय तहको निर्वाचनको चुनावलाई मध्यनजर गरी आयोजना गरिएको कार्यक्रममा राप्रपा संसदीयदलको प्रमुख सचेतक कुन्ती कुमारी शाहीले ‘जनताका माझ राप्रपा’ भन्ने मुल नाराका साथ नेता तथा कार्यकर्ता पुग्ने बताइन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी शाहीले पार्टीको भावि रणनीति र जनताका सामु लैजाने पार्टीका एजेन्डाहरुका बारेमा पनि प्रशिक्षण दिएकि थिइन । उनले जनताका माझ राप्रपाका एजेण्डाहरु स्थापित गर्नुपर्ने बताइन । राप्रपाको मुख्य मर्म भनेको सनातन हिन्दु राष्ट्र नेपाल र संबैधानिक राजसंस्था स्थापना गर्नु भएको भन्दै सोही एजेण्डा लिएर जनतामा जान कार्यकर्तालाई शाहीले अनुरोध गरिने ।

कार्यक्रममा नेता मुकुन्दश्याम गिरीले सम्पूर्ण नेता कार्यकर्तालाई चुनावको लागि तयारी गर्न र संगठन निर्माण गर्नुपर्ने बताए । कार्यक्रम मा कार्यकर्ता हरुले आफ्नो गाउँ, नगर का विभिन्न किसिमका समस्या हरुको बारेमा छलफल गरेका थिए ।

यसैगरि जिल्लाका बरिस्ठ नेता कबिराम पुरि ज्यु ले सम्पुर्ण नेता कार्यकर्ता हरु लाई गाउँ गाउँ मा गएर नयाँ संरचनामा बनेका वडा हरु लाई मिश्रण गरेर नयाँ मजबुत संगठन निर्माण गर्न आग्रह गर्नु भएको थियो ।त्यसै गरि युवा,बिद्यार्थी लाई समेत गाउँ,नगर का वडा मा गएर व्यापक प्रचार गर्न विभिन्न किसिमका संस्कृतिक,खेलकुद,मनोरञ्जन,चेतनामूलक आदि कार्यक्रम गर्न पुरिले आग्रह गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता पार्टीका अध्यक्ष श्री मान ब। खड्का ले गर्नु भएको थियो भने पार्टी को सहायक(महामन्त्री तथा संसदीय दलको प्रमुख सचेतक कुन्ती कुमारी शाही ज्यु ले प्रमुख अतिथि को आसन ग्रहण गर्नु भएको थियोे।

त्यसैगरी कार्यक्रमको अतिथिको रुपमा पार्टी का वरिष्ठ नेता मुकुन्दश्याम गिरी , पुर्व जि।बि।स। सभापति ओम ब। जि।सी। र उपसभापति तुलाराम गिरी , जिल्ला का वरिष्ठ नेता कबिराम पुरी , भद्र ब। शाही आदिको उपस्थिति रहेको पार्टी का जिल्ला सदस्य तथा सञ्चार प्रतिनिधि प्रेम बि।सी ले जानकारी दिनु भएको थियोे