२०७७ मंसिर ९, मंगलवार

रेडियो नेपालको ६७ औ वार्षिकोत्सव, प्रदेश नं. ६ बाट तीन जना उत्कृष्ठ संगीतकार छनौट

सुर्खेत चैत १० ।  रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतले ६७ औ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव एक समारोहका बीच मनाइएको हो । ६७ औ वार्षिकोउत्सवको अवसरमा प्रदेश स्तरीय खुला आधुनिक संगीत प्रतियोतिता गरिएको थियो । कार्यक्रममा सोही प्रतियोगितामा सहभागी भएकाहरुलाई पुरस्कृत गरिएको थियो ।

रेडियो नेपालले ७ वटै प्रदेशहरुमा आधुनिक खुला प्रतियोगिता गर्ने निर्णय भएअनुसार सुर्खेतमा पनि प्रदेश नं. ६ स्तरीय खुला आधुनिक गीत प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा यहाँको वीरेन्द्रनगर ३ का दिनेश गौतमले स्वर्ण पदकसहित १० हजार प्र्रथम पुरस्कार जितेका छन् । यस्तै वीरेन्द्रनगर–६ का अंशु सिंहले रजत पदक सहित ७ हजार ५ सय जितेको थिए । बाँकेका अर्जुन पुन मगरले कास्य पदकसहित पाँच हजार पुरष्कार जितेका छन ।

प्रतियोगितामा खुला आधुनिक संगीत प्रयोगिताबाट उत्कृष्ट भएका कलाकारहरुलाई स्वर्ण, रजत र कास्यपदक सहित सम्मान गरिएको छ । प्रतियोगितामा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार ५ सय र तृतीयलाई ५ हजार पुरस्कार प्रदान गरिएको छ ।

रेडियो नेपाल सुर्खेतको वार्षिको त्सवका लागि सुर्खेत आईपुगेका रेडियो नेपालका कार्यक्रम महाशाखाका प्रमुख डा. नवराज लम्सालले रेडियो नेपालले वि.स. २०२२ सालदेखि निरन्तरता जनतालाई सुसूचित गर्दै आएको बताए ।

डा. लम्सालले धरान, बर्दिबास, भैसेपाटी, धनगडीमा पनि यो प्रतियोगिता सम्पन्न भइसकेको जानकारी दिए । पोखरा र दाङमा भने प्रिितयोगिता बाँकी रहेको बताए । प्रत्येक प्रदेशबाट उत्कृष्ठ सहभागीलाई काठामाडौमा फेरी छनौट गरिने डा लम्सालले बताए । रेडियो नेपालको ६७ औ वार्षिकोत्सवको आयोजित ६ नम्बर प्रदेश स्तरिय खुला आधुनिक संगित प्रयोगितामा विभिन्न स्थानबाट २३ जना सहभागीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

रेडियो नेपालका नायब कार्यकारी निर्देशक श्रीभद्र वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम रामपुकार रामको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुलाई वरिष्ठ संगीतकार बुलु मुकारुङले स्वागत गरेका थिए ।