२०७७ मंसिर १३, शनिबार

देशभरका कठायत नेपालगञ्जमा, सुर्खेतका बलबहादुर केन्द्रीय महासचिव निर्वाचित

सुर्खेत, चैत २३। देशभरी छरिएर रहेका कठायतहरु बाँकेकोे नेपालगन्जमा जम्मा भएका छन । कठायत समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरका कठायतहरु भेला भएका हुन ।

करिब ५५ जिल्लाका कठायतहरु जम्मा भएको भेलामा धेरै कठायत जातीहरु आर्थिक, सामाजिक तथा राजनितिक रुपले पछि परेको भन्दै सहभागीहरुले अब कठायत जातीको उत्थानका लागि सबै तहबाट कठायतहरु जुट्नुपर्ने बताएका छन ।

कार्यक्रममा कठायत सेवा समाजका प्रमुख संरक्षक महेशसिंह कठायतले राज्यमा आफ्नो पहुँच पु¥याउनका लागि सबै कठायतले शैक्षिक रुपले मजबुत हुनुपर्नेमा जोड दिए । उनले विशेषगरी पिछडिएका क्षेत्रमा रहेका कठायत जातीहरु अधिकारबाट वन्चित भएको भन्दै त्यस्ता कठायत जातीको उत्थानका लागि आफू सधैं लागिपर्ने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रमममा सबैले कुनै राजनितिक हिसाबले जतिय द्वन्द्व निम्त्याउने नभइ उत्पीडित कठायतहरुको अधिकारका लागि यो भेला महत्वपूर्ण हुने बताएका छन । सम्मेलनमा अक्षय कोष स्थापनाका लागि रकम संकलन पनि गरिएको थियो ।  सम्मेलनमा जम्मा भएका कठायतहरुबाट संकलन गरिएकोमा ७४ हजार बढी रकम संकलन भएको छ । जस्मा सबैभन्दा बढी स्वर्गीय अदनसिंह कठायतको परिवारबाट ३४ हजार रकम संकलन भएको थियो ।

यसैबीच दिनसम्म चलेको सम्मेलनले सर्वसम्मत रुपमा १९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । शंकर कठायतको अध्यक्षतामा सात वटै प्रदेशमा एकरएक जना उपध्यक्षसहित नयाँ राष्ट्रिय समिती चयन गरिएको हो ।

जस्को महासचिवमा प्रदेश नम्बर ६ बाट बलबहादुर कठायत, सचिवमा प्रदेश नम्बर ७ बाट लालबहादुर कठायत, कोषाध्यक्षमा प्रदेश नम्बर ३ बाट राजेन्द्रराज कठायत सर्वसम्मत चयन हुनुभएको छ ।