२०७७ माघ १४, बुधबार

राप्रपाको गुर्भाकोटमा भेला

सुर्खेत, चैत १३ । राष्ट्रिय प्रजातन्त्र पाटीृ गुर्भाकोट नगरपालिका को भेला शनिबार भएको छ । लक्ष्मी प्रसाद शर्मा को सभापतिव्मा भएको भेलाले गुर्भाकोट नगरपलिकाका सम्पुर्ण वडाहरु समायोजन गरेको छ ।

उक्त कार्यक्रम पार्टीका पुर्व सह–महामन्त्री मुकुन्दश्याम गिरी को प्रमुख अतिथ्यामा सम्पन्न भएको थियो । गुर्भाकोट नगरपालिका अन्तर्गत का सम्पुर्ण १४ वडा वडानै कार्यक्रमले समायोजन गरेको राप्रपाले जनाएको छ ।

उक्त कार्यक्रम को अबसर पारी राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन गुर्भाकोट नगर कार्य समिति समेत गठन गरिएको छ । गोबिन्द थापाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएकोे हो । यसैगरी युवक संगठनको उपाध्यक्ष मा प्रकाश बुढा र मनोज खड्का,सचीव मा भिम ब।खत्री,सह(सचीव मा हरि बुढा र कोषाध्यक्ष मा बिष्णु खड्का चयन भएका छन ।

कार्यक्रममो पूर्ब जिबिस सभापति ओमबहादुर जिसी,पार्टीका जिल्ला उपाध्यक्ष इश्वर कुमार श्रेष्ठ, छत्रपति थापा , जिल्ला सचिव जनक सि, सह–सचिव कमल जि.सी लगायतको उपस्थिति रहेको पार्टीका जिल्ला सदस्य तथा सञ्चार प्रतिनिधि प्रेम बि.सीले जानकारी दिए ।