२०७७ मंसिर ११, बिहीबार

बहष : ६ नम्बर प्रदेशको विकासको विकाशका लागि खाचो: दुरदर्शिता,योजना र व्यवहारीक कार्यन्वयनको

खेमराज वली/ सुर्खेत । मूलुक प्रादेशिक संरचनामा अघि बढिसकेको छ । २०६२÷०६३ को जनआन्दोलन र तत्कालिन माओवादीले सुरु गरेको सशस्त्र युद्धको जगमा मूलुक संबैधानिक रुपमै आर्थिक समृद्धिको बाटोमा लम्किएको छ । यसको मतलत संविधान कार्यान्वयन गर्ने क्रममा सरकारले स्थानीय तह कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन आगामी बैशाख ३१ गते तोकेको छ ।

यो स्थानीय निर्वाचन भएपछि पूर्ण रुपमा अधिकार नागरिकको घरदैलोमा पुग्नेछन् । जुन संबैधानिक रुपमा नै निश्चित गरिएको छ । संबैधानिक रुपमा निश्चित गरिएका गाउँपालिका र नगरपालिका संगै तिनका वडापालिकाबाट प्रदान गरिने सेवाहरुछन् मुख्य गरी तिनै वडापालिका, गाउँपालिकार र नगरपालिकाका अधिकारहरु नै स्थानीय समृद्धि र समग्र प्रदेश र मूलुकको विकासको ढोका हुन् ।

संबैधानिक रुपमा सबै प्रदेशहरुका नगरपालिकार गाउँपालिका र तिनका वडाहरुमा समान अधिकार प्रदान गरिएको छ । यद्यपी विभिन्न आधारमा विशेष, संरक्षित र स्वायत्त क्षेत्र बनाउन सक्ने प्रावधान छ त्यसका लागि निश्चित मापदण्डहरु पनि छन् । यस अर्थमा कर्णाली क्षेत्रसंग समेटिएको प्रदेश नं. ६ विशेष प्रदेशका रुपमा रहने सम्भावना पनि उतिकै छ ।

प्रदेश नं. ६ मा रहेको कर्णाली क्षेत्र र त्यससंग जोडिएका अन्य जिल्लाहरु दैलेख,सुर्खेत,जाजरकोट, रुकुम र सल्यान खनिज तथा प्राकृतिक स्रोतसाधनका हिसावले नेपाल मै सबैभन्दा अग्रस्थान पर्दछन । तर, राज्यको हिजोको केन्द्रीकृत विकास योजनाले यो क्षेत्रलाई छुन सकेन । फलस्वरुप यहाँका खनिज र प्राकृति स्रोत साधनको उत्खनन् र प्रधोसन तथा बजारिकरण हुन नसकेको तथ्य प्रष्ट छ । सम्भावनाका चाङहरुमा चुनौति र समस्याका चाङहरु थुपारिएको अवस्थामा मुलुक प्रादेशिक संरचनामा अघि बढिरहेको अवस्थामा यो प्रदेश नं. ६ का सम्भावनाहरुले समृद्धिमा परिणत हुने बाटोहरु देखिएको हो ।

प्रदेश नं. ६ को समृद्धि सपना पुरा हुने अब प्रसस्त सम्भावना छ । हिजो केन्द्रिकृति प्रणालीमा यो क्षेत्रको पहुँचमा राज्य नहुँदा यहाँको विकास हुन नसकेको आकलन हो । अधिकारको समेत विकेन्द्रिकरण र त्यसको कार्यान्वयन चरणमा रहेको अवस्थामा यहाँको समृद्धिको परिकल्पनाले सार्थकता पाउने छ । तर अव पनि यस प्रदेशको विकासमा राज्य र सरोकारवालाहरुले मन भित्रैबाट इच्छा शक्ति देखाउने हो भने काँचुलिफेरिने छ । यहाँका जनताको जीवनस्तर उक्सने प्रसस्त सम्भावना छन् ।

यहाँको सम्भावनालाई समृद्धिमा परिणत गर्न जनताको घरदैलोमा अधिकार पु¥याएर मात्र हुँदैन । अधिरको समुचित प्रयोग गर्न जरुरी छ । विकास र समृद्धिका सवालमा सर्थप्रथम यहाँको सम्भावनाको क्षेत्रगत रुपमा पहिचान गरी प्राथमिकिकरण गर्न जरुरी छ । यहाँको भौगोलिक विकटतालाई विकासको छेदकका रुपमा लिने मात्रै होइन । भुगोल सुहाउदो सम्भावनाहरुको पहिचान गरिनुपर्दछ । यहाँका सम्भावनका रुपमा रहेका पर्यटन, जडिबुटी, फलफूल तथा कृषि उत्पादन, जलविद्युत, संस्कृति लगायतलाई अब प्राथमिकिकरण गर्नुपर्दछ । प्राथमिकताका आधारमा जुन अगाडि आउछ त्यसका लागि दीगो र दु्रत निर्माण विकास आयोजना सञ्चालन गर्न सक्नुपर्दछ ।

नेपालमा जम्मा ८३ हजार मेगावाट विजुली निकाल्न सकिन्छ । सोही तथ्याङक अन्ुा ८३ हजा मेगावाट मध्ये करिब ३५ हजार मेगावाट विजुलि निकाल्न सक्ने क्षमता भएका नदिहरु इो प्रदेश नं. ६ मा छन् । यदि दीगो तथा दु्रत योजना अनुसार यस प्रदेशमा रहेका भेरी र कर्णाली नदिबाट मात्रै जलविद्युत परियोजना सम्पन्न गर्न सकियो भने १० वर्षमा यहाँको समृद्धि सम्भावना छ । हरेक पाँच÷पाँच वर्षको फरकमा एउटा मात्र ठुलो परियोजना संचालन गर्ने आँट र इक्षा शक्ति अब यो प्रदेशका राजनीतिक दलहरु र सरोकारवालाहरुको हुनुपर्दछ ।

यहाँ जलविद्युतको मात्र होइन प्राथमिकतामा राख्ने हो भने पर्यटन पहिलो स्थानमा आउन सक्छ । उदाहरणका लागि कर्णालीको जुम्ला खस भाषामात्र होइन, यो लिपिको विकास गराउने क्षेत्र पनि हो । विश्व समुदायलाई भाषा र लिपि सिकाउने र संसारलाई सम्भताको विकासमा सहयोग पु¥याउने क्षेत्रका रुपमा यो क्षेत्रलाई चिनिन्छ तर त्यसको प्रचारण र संस्थागत विकास हुन सकेको छैन । विश्वको यहाँको सामाजिक र साँस्कृतिक अवस्थालाई हेर्ने हो भने यो आफैमा पर्यटक आकर्षण गर्ने स्रोतका रुपमा रहेको छ । जसको व्यवसायिकरणको अभाव छ ।

सुर्खेतको काँक्रेविहारलाई दोस्रो लुम्बिनिका रुपमा चिनिन्छ । त्यसको पुननिर्माण र प्रचार गर्ने, कर्णालीका रारा जहाँ प्रकृतिको सुन्दरताले सबैलाई लोभ्याउछ त्यसको विकास गर्ने, यसै प्रदेशको फाक्सोण्डो ताल हरेक मान्छेलाई आकर्षण गर्न सक्छ यी सबैको विकास गर्न सकने यहाँको पर्यटनले मात्र प्रदेशको समृद्धि हुन सक्दछ ।

त्यसका लागि दु्रत र दीगो योजनाको भने तड्कारो आवश्यकता हो । जब काँक्रेविहारबाट फोक्सोण्डो र रारा ताललाई जोड्न सकिन्छ त्यसपछि मात्रै सम्भावनाहरु समृद्धिका रुपमा परिणत हुन सक्छन् । यो प्रदेश दक्षिणमा भारतसंग जोडिएको छैन । तथापि उत्तरका नाकाहरु खोलेर स्वतन्त्र रुपमा ब्यापार गर्न सक्ने अवस्था छ । हुम्लामा हिल्सा नाका औपचारिक रुपमा खुला नभएतापनि हिल्साले चिनसंग जोडिदिएको छ । जहाँ मानसरोबर छ । त्यहाँ पर्यटन लैजान सकिन्छ ।

नेपाल यार्सागुम्बाको देश हो । यार्सागुम्बालाई मृतसञ्जिवनीका रुपमा चिनिन्छ । यार्सा यही कर्णालीमा प्रशस्त पाइन्छ । अहिले यार्सागुम्बाको व्यवस्थापन नै हुन सकेको छैन । सही रुपमा यार्सा गुम्बासंगै कर्णालीमा पाईने पाँच औले, जटामसि, अलि लल्लो क्षेत्रमा पाइने टिमुर, चिसाइतो, सुनगाभा लगायतका थुप्रै जडिबुटिहरुको प्रशोधन गर्न सकियो भने यहाँको समृद्धि धेरै नजिक छ ।

जाजरकोटमा काइनेटिक स्टोन छ । जसको बैद्यानिक निकासीको व्यवस्था हुन सकेको छैन । व्यवसायिलाई सरकारले प्रति क्वीन्टल १५ लाख कर तिराउछ तर त्यसको उत्खनन् र उत्पादन हुन सकेको छैन यसलाई बैधानिकता दिएर प्रशोधन गरी उत्पादन गर्न सकियो भने मनग्य नाफा कमाउने सम्भावना छ ।

दैलेखमा निरन्तर पानी माथी बलिरहने ज्वाला छ । अहिले धार्मिक र पर्यटनका हिसावले महत्व बोकेको उक्त श्रीस्थान र नाभिस्थान क्षेत्रमा पेट्रालियम पदार्थको सम्भावना बोकेका क्षेत्र हुन । त्यसको उत्खनन् गर्न सक्ने सम्भावना छ । यो क्षेत्र कै ठुलो हिमाल काञ्जिरोवा, सल्यानको कुपिण्डे दह, रुकुमको सिस्ने हिमाल, स्यार्पु ताल, कमल दह, डिग्रे, जुम्लाको चन्दनाथ मन्दिर, गुफाहरु, जाजरकाटेको दरबार, हुम्लाको मानसरोवर लगाय यहाँका सबै जिल्लामा गन्न नसकिने पर्यटकीय स्थल छन् । जहाँ पर्यटनको सम्भावनालाई साकाहार पार्न सकिन्छ । होमस्टेको परिकल्पनाले अझ पर्यटन व्यवसायलाई मजबुद बनाउन सक्छ ।

केही दिन अघि मात्र सुर्खेतमा अर्थमन्त्रालयका मुख्य सल्लाहाकार डा. पुण्यप्रसाद रेग्मीले केही दुरगामी योजनाहरुको परिकल्पना सुनाए । नेपालमा ठुला नदिहरुलाई मिलाएर ठुलो नहरका रुपमा पूर्वपश्चिम सञ्चालन गर्ने जहाँ पूर्वपश्चिम जल यात्रा परियोजना सुरु गर्ने, प्रदेश नं. ६ का भेरी र कर्णाली नदिको किनार–किनार यातायात उत्तर–दक्षिण मार्ग सञ्चालनमा ल्याउने ।

त्यसलगत्तै यहाँको विद्युत उत्पादनको सम्भावनालाई सार्थक बनाएर त्यही मार्गलाई विद्युतीय रेलमा परिणत गर्ने, यस्तै प्रदेश नं. ६ का पहाडहरुमा सुरुङ मार्ग निर्माण गरी जिल्लाहरुबीचको दुरी नजिक बनाउने र पर्यटन प्रदद्र्धनका लागि सबै जिल्लाका पहाडहरुमा पनि सडक सञ्चालको विकास गर्ने उनले सुनाएका योजना हुन् ।

उनले सुनायका यी योजनाहरु आफैमा महत्वकांक्षी योजना हुन् तर प्रदेश नं. ५ का लागि सम्भावनाका निकै नजिक रहेका योजनाहरु हुन् । यस्ता ठुलो योजनाहरुका लागि प्रदेशका सरोकारवालाहरुले योजना बनाएर केन्द्रसम्मा पहुँच राख्नुपर्दछ जुन सम्भावनासंग नजिक छ ।

अहिले त स्थानीय सरकारले थुप्रै अधिकार पाउने भएको छ । चुनाव पछि स्थानीय सरकार संचालनमा आउनेछन् । थुप्रै निती निर्माण र योजना निर्माणका कामहरु समेत प्रदेशबाटै हुनेछन् । त्यो भन्दा पनि तल नगरपालिका, गाउँपालिकार तिनका वडाहरुबाट पनि महत्वपूर्ण कामहरु हुनेछन् । यसर्थ अब प्रक्रियागत झन्झट पनि नजिकबाट समाधान हुनेहुँचा सम्भावना बोकेको प्रदेश नं. ६ को समृद्धि यात्रा तय भएको छ ।

संबैधानिक रुपमा नै समृद्धिको बाटो तय भइसकेको यो प्रदेशको समृद्धि योजना अब यहाँको सरोकारवालाहरुको हातमा छ । समृद्धिका परिकल्पनासहितका योजना निर्माणका लागि सबै एकजुट भए यी योजनाहरु अब सपनामा सिमित नभई यथार्थमा परिणत हुने अधिकतम सम्भावना छ । यसर्थ अबको राज्य संरचनाको आधारलाई टेकेर प्रदेश नं. ६ को समृद्धि यात्रामा सबै सहभागी हुन जरुरी छ ।