२०७७ मंसिर ८, सोमबार

हतियार बुझाउन जिल्ला प्रसासनको चैत्र मसान्तसम्मको म्याद

सुर्खेत, चैत १५। बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रसासन कार्यालय सुर्खेतले जिल्लाका विभिन्न क्षेत्रमा रहेका हतियारहरु संकलनको अभियान चलाएको छ ।

जिल्ला प्रसासन कार्यालयबाट अनुमति पत्र लिएर विभिन्न हतियार राखेकाहरुका लागि सार्वजनिक सुचना गर्दै बुझाउन आग्रह गरिएको छ । प्रसासन कार्यालयले चैत्र मसान्तसम्म हतियार बुझाउन अन्तिम म्याद समेत दिएको छ । त्यस्तै कार्यालयले सुरक्षाको काममा खटिएका सुरक्षाकर्मीले कानून बमोजिम लिन पाउने हातहतियार बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विष्फोटक पदार्थ वा रसायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर नहिड्न समेत भनेको छ ।

कार्यालयले सार्वजनिक रुपमा सुचना प्रकासीत गरि यदि यसरी हिड्ने, प्रर्दशन गर्ने, प्रयोग गर्ने वा गराउने जस्ता गैरकानूनी कामहरुका साथै अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन एवम् विक्री वितरण भएको पाइएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । यदि यस्ता क्रियाकलाप भएको पाईए सम्पुर्ण सर्वसाधारणहरुलाई तत्काल १०० मा फोन गरी प्रहरीलाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।

सरकारले देशैभरी सञ्चालन गरेको निर्बाचन केन्द्रित कार्यक्रम अन्तर्गत जिल्ला प्रसासन कार्यालय सुर्खेतले पनि यस्तो कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रसासन कार्यालय सुर्खेतका सुचना अधिकारी हितप्रकाश पौडेलले जानकारी दिए ।