२०७७ मंसिर १४, आईतवार

६ नम्बर प्रदेशलाई विशेष आर्थीक क्षेत्र घोषणा गर्न सुझाब, प्रदेशका चुनौतिभन्दा सम्भाबना धेरै

सुर्खेत,१५ चैत्र । ६ नम्बर प्रदेशको विकासमा लागि यस क्षेत्रको सास्कृतिक धार्मीक पर्यटन प्रर्बधन,जलविधुत र यस क्षेत्रको जडिबुटी महत्वपुर्ण आधार भएको बताईएको छ ।

आर्थीक सामाथ्र्यका हिसाबले सबैभन्दा कमजोर र पछि परेको क्षेत्र भएपनि सम्भावनाहरु धेरै रहेको प्रदेश भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । अर्थमन्त्रालयद्धारा आयोजित आर्थीक नीति तर्जुमा सम्बन्धी सुझाब संकलन गर्न आयोजित कार्यक्रममा सहभागिहरुले चाईनासंग जोड्न हिल्सा नाका खोलेर उत्तर दक्षीण जोड्ने एउटा मेघा सडक आयोजनाको सम्भावना समेत औल्याए ।

मानब सुचांकमा सबैभन्दा पछाडी परेको कर्णाली क्षेत्र पनि यस प्रदेशम रहेकोले यहाको गरिवि हटाउन काठमाण्डौमा योजना निर्माण गरेर नुहने कार्यक्रमका सहभागिहरुको भनाई थियो । दिर्घकालीन रुपमा राजस्वको सबैभन्दा बढि अुसली हुने भारतसंग जोड्ने तराइका बाके बर्दियालाई समेत यो प्रदेशमै राख्नुपर्ने समेत सुर्खेत स्थित अगुवाहरले सुझाब दिएका थिए ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय प्रसासक बेगेन्द्रराज शर्मा पौडेलले विदेशबाट भित्रने रेमिट्यान्सलाई केहि उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेमा समेत जोड दिए । सकेसम्म विदेशीने युवा जनशक्ति उद्योग खोलौ देशमै रोजगारमा लगाउ पौडेलले भने यदि त्यसो नभएपनि कम्तीमा विदेशबाट आएको रेमीट्यान्सले केहि दिर्घकालीन महत्वका काम गरौ देशमा भएकाहरुलाई पनि रोजगार दिन सकिन्छ ।

कार्यक्रममा अर्थमन्त्रालयद्धारा सुझाब संकलनका लागि गठित समितिका संयोजक हरि रोकाले कर्णली क्षेत्रको विकास नभै यस प्रदेशलाई सम्बृद्ध बनाउन नसकीनेमा सहमती जनाए । रोकाले त्यसका लागि यहिको स्थानिय श्रोत साधनको परिचालन गर्नुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयका सहसचिब लक्ष्मण अर्यालले आर्थीक विकाशले मात्रै सबै क्षेत्रको विकाशको सम्भावना भएको बताए ।

अहिले विकाश खर्च नुहुनुमा सबै क्षेत्रको उत्तीकै दोष भएको भन्दै सबै क्षेत्रका समस्याहरु पत्ता लगाएर समाधानका लागि लाग्नुपर्ने बताए । कार्यक्रममा स्थानिय उद्योगी व्यवसायीहरुले ६ नम्बर प्रदेशलाई विशेष आर्थीक स्वायत्त क्षेत्र घोषणा गर्नु सरकारलाई सुझाब दिएका छन ।

मानब सुचांकमा सबै क्षेत्रमा पछाडि परेको कर्णाली प्रदेशलाई विशेष आर्थीक स्वायत्त क्षेत्र घोषणा गरेर मात्रै यस क्षेत्रको विकाश सम्भव भएको सुर्खेत उद्योगा बाणीज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बताए । यस क्षेत्रका सर्वसाधारणहरु गरिब भएर जन्मने र गरिब भएरै मर्नुपर्ने कहाली लाग्दो अवस्थाको अन्त्य गर्न यस क्षेत्रमा कृषी,जलविधुत र पर्यटन क्षेत्रको विकाशमा ध्यान पुर्याउनुपर्ने बताए ।

६ नम्बर प्रदेशको अर्थतन्त्रको आधार अहिले निर्माणाधिन अवस्थामा रहेको भेरी बवई डाईभर्सन,कर्णालाीको यार्सागुम्बा लगाएतको जडिबुटी,सुर्खेतको काक्रेविहार र मुगुको रारा ताल,पस्चिम सुर्खेतको चौकुने सिमेण्ट कारखाना र माथील्लो कर्णाली जलविधुत आयोजना भएकोले यि सबै समयमै निर्माण सम्पन्न गर्नका लागि केन्द्र सरकारले चासो व्यक्त गर्नुपर्ने पनि सहभागिहरुले बताएका थिए ।

नेपालमै सबैभन्दा प्रतिव्यक्ती कम आर्थीक आय तथा सरदर आयु पनि कम भएपनि धेरै सम्भावना भएको भन्दै यस्का लागि गतिलो नेतृत्व,प्रभावकारी योजना र कार्यन्वयनको खाचो औल्याएका थिए । अर्थ मन्त्रालयले देशैभर आगामी आर्थीक निती तर्जुमाका लागि सुझाब संकल गर्दै हिडीरहेको छ ।

सोहि सिलसीलामा ६ नम्बर प्रदेशको विकाशका सम्भावना र अख्तीयार गर्नुपर्ने आर्थीक नितीका बारेमा वीरेन्द्रनगरका कार्यशालाको आयोजना भएको हो । कार्यक्रममा यस प्रदेशका विभिन्न क्षेत्रका अगुवा तथा विज्ञहरुले सुझाब दिएका थिए ।