२०७७ मंसिर ९, मंगलवार

जिल्लामा २३ जागरण रेडियो श्रोता समूह

सुर्खेत, चैत १५ । (जागरण) । जागरण एफ. एम. सुर्खेतले जिल्लाभरका ६ वटा स्थानिय तहमा आफ्ना श्रोता समूहमार्फत् क्रियाकलाप सञ्चालन गर्न सुरु गरेको छ ।

सुर्खेतका पञ्चपुरी र लेकवेशी नगरपालिका तथा चौकुने, चिङ्गाड, सिम्ता र बराहताल गाउँपालिकाहरुमा २३ वटा जागरण रेडियो श्रोता समूह सञ्चालनमा आएका हुन् ।

पञ्चपुरी नगरपालिकामा जुनेली, जनकल्याण, हरियाली, देउतिवज्यै र फूलवारी, लेकवेसी नगरपालिकामा कमौघारी, प्रगतिशिल र हाम्रो आवाज, चौकुने गाउँपालिकामा प्रगतिशिल, हरियाली, सिर्जनशिल, चिउराली, कर्णाली र काँशेगाउँ, चिङ्गाड गाउँपालिकामा जनचेतना, मालिका, सभ्य, जनआवाज, नवदेवी र काँडापोखरी प्रगतिशिल, सिम्तामा सिमलडाँडा तथा बराहताल गाउँपालिकामा सालघारी जागरण रेडियो श्रोता समूह क्रियाशिल छन् ।

जागरण एफ. एम. ले आज वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच श्रोता समूहका सहजकर्ताह?लाई पहिलो अभिमुखिकरण पनि गराएको छ । श्रोता समूहमार्फत् स्थानिय विकासका काममा साझेदारी गर्न समूहहरु सञ्चालनमा ल्याइएको अभिमुखिकरणमा रेडियो सञ्चालन समितिका अध्यक्ष पूर्ण प्रसाद पौड्यालले बताउनुभयो ।

सहजिकरण गर्दै स्टेशन म्यानेजर दीपेन्द्र ओलीले स्थानिय तहका औपचारिक काममा श्रोता समूहका सहजकर्ता नै रेडियोका आधिकारिक प्रतिनिधि रहने बताए ।