२०७७ माघ ३, शनिबार

विद्याज्योतीको वार्षिक उत्सव सम्पन्न

सुर्खेत, चैत १६ । विद्याज्योती प्राथमिक विद्यालय पाम्का २ सुर्खेतको ८ औँ वार्षिक उत्सब सम्पन्न भएको छ । वार्षिक उत्सव कार्याक्रममा जिल्ला शिक्षा कार्यालय सुर्खेतका स्रोत व्यक्ति जितेन्द्रराज वलीले सबै मिलेर विद्यालयमा बालमैत्री शिक्षा प्रदान गर्न पहल गर्नेु पर्ने बताउनु भएको छन ।

श्रोत व्यक्ति वलीले विद्यालयको स्तर उन्तीको लागी आफ्नो ठाँउ बाट आफुले पहल गर्ने बताए । विद्यालयको वार्षिक उत्सव कार्याक्रममा शिक्षा सम्बन्धि“छोरा छोरी समान”शिर्षक नाटक प्रस्तुत गरिएको थियो । विद्यालयका प्रध्यानाध्यापक डम्वर रानाले आर्थिक वर्ष २०७३÷०७४कोे ७ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

वार्षिक उत्सव कार्यक्रममा पाम्का सामाजिक परिचालक उषा राना,पाम्का माविका प्रध्यानाधयापक तेजेन्द्र कुमार गाहा लगाएत विभिन्न राजनितिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।