२०७७ माघ ९, शुक्रबार

नेपाली कांग्रेस सुर्खेतको चुनावी ¥याली

सुर्खेत, चैत १६ । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर ३ का सांसद तप्त बहादुर बिष्टले उत्साह र उमंगका साथ विभिन्न जुलुस,¥यालि तथा कार्याक्रमलाई शक्तिमा बदलेर आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा सबै कार्यक्रताहरु एक ढिक्का भएर अगाडि बढन निर्देशन दिनुभएको छ ।

 

स्थानीय तहको निर्वाचन लाई लक्षित गरी नेपाली काँग्रेस निकट त?ण दल सुर्खेतले गरेको बाइक ¥यालीेको कोणसभा कार्याक्रममा सांसद बिष्टले नेपाली काँग्रेस जनताको पार्टी भएको भन्दै सुर्खेत लगाएत ६ नम्वर प्रदेशका गाउँ गाउँमा, विकासका थुप्रै कामहरु कांगे्रसले गर्दै आएकोले अबको स्थानीय तहको निर्वाचनमा कांग्रेस लाई जिताउन आग्रह गरेको छन ।

सांसद बिष्टले जनतासँगै हिँड्ने र मिल्ने पार्टी पनि काँग्रेस नै भएकोले सुर्खेतमा रहेका नौ वटै तहमा नेपाली कांग्रसले जित्ने उहाले दावी गरे । उनले नजिकै आउदै गरेको बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचन सम्म सबैले आ–आाफ्नो क्षेत्र बाट एक जुट भएर लाग्न कार्याक्रर्ता लाई सुझाव दिएका छन ।

यस्तै कोणसभा कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मिले ६ नम्वर प्रदेशमा नेपाली कांगे्रसले गरेका विकास निर्माणका काममा खेलेको भुमिका अन्य पार्टीको भन्दा निकै महत्वपूर्ण भएकोले अबको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस लाई जिताउन अपिल गरेको हुन ।

कोणसभा कार्यक्रममा नेपाली कांगे्रस सुर्खेतका सचिव टोप बहादुर रावत,नेपालि कांग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति नारायण कोइराला,नेपालि कांग्रेस वीरेन्द्रनगरका नगर सभापति देव कुमार सुवेदी, तरुण दल सुर्खेतका अध्यक्ष हरी बिष्ट लगाएतको सहभागिता रहेको थियो ।