२०७७ माघ ३, शनिबार

वीरेन्द्रजगर सीसी क्यामेराले कदै गदै

सुर्खेत चैत १६ । प्रदेश नम्बर ६ को प्रस्तावित राजधानीका रुपमा रहेको सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक सिसी क्यामेरा जोडिएको छ ।

यहाँको वीरेन्द्रनगरको सुरक्षाका लागि सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेराबाट औपचारिक रुपमा मंगलबारबाट निगरानी सुरु गरिएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघको अवधारण अनुसार वीरेन्द्रनगर प्रवेश नाका तथा मुख्य चौक बजार क्षेत्रमा गरी कुल ४२ वटा सीसी क्यामेरा जडान गर्ने योजना मध्ये हाल बजारका मुख्य चोक र बजार क्षेत्रमा ३१ वटा सीसी क्यामेरा जडान गरी निगरानी सुरु गरिएको हो ।

समुदघाटन कार्यक्रममा बोल्दै सु्र्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले मुख्य बजार क्षेत्र मंगलगडी चौक वीरेन्द्र चौक खोर्क खोला लगायतका स्थानमा जडान भएको सुर्खेत बजार क्षेत्रमा ४१ वटा क्यामेरा आवश्यक पर्ने बताए ।

”अध्यक्ष अधिकारीले बजारका भित्री भाग बाँकी रहेको उल्लेख गरे । हाल सम्म सीसी क्यामेरा जडान खर्च १५ लाख ९ हजार ८ सय ४१ रुपैया सम्पन्न भएको बताए । ”सिसी क्यामेरा जडानका लागि वीरेन्द्रनगर नगरपालिकाको कार्यालयले ९ लाख, सुर्खेत उद्योग वाणिज्य संघले ५ लाख तथा सुर्खेतस्थित विभिन्न बैंकहरुले संस्थागत रुपमा १०÷१० हजारका दरले १ लाख रुपैयाँ हस्तान्तरण गरेको अध्यक्ष अधिकारीले जानकारी दिएका थिए ।

वीरेन्द्रनगरका मुख्य स्थानहरुमा जडान गरिएका क्यामेरा ३ मेगापिक्सेल तथा हाई डेफिनेसन (एचडी) क्वालिटीका रहेका छन । ”यस्को १६ हजार भणडारण क्षमता रहेको सिसी क्यामेराले रातिको समयमा पनि ९० मिटर टाढासम्मको दृश्यलाई सहज रुपले रेकर्ड गर्न सक्नेछन भने सम्पूर्ण सिसी क्यामेराको निगरानी तथा नियन्त्रण जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत गरिने संघले जनाएको छ ।

यसै गरी समुदघाटन कार्यक्रममा बोल्दै क्षेत्रिय प्रशासन कार्यलयका क्षेत्रिय प्रमुख वेगेन्द्रराज शर्मा पौडलले सुर्खेतबासीका लागी महत्वपूर्ण उपलब्धी भएको बताए ।  उनले रेकङिग स्टिम पनि हुनुपर्छ । कुनै पनि दुर्घटना हुदा सम्बन्धि सरोकारवाल निकायलाई तत्काल जानकारी दिनुपर्ने क्षेत्रिय प्रशासक पौडेले बताएका हुन ।

अब उद्यमी व्यवसायीलाई मानसिक रुपमा शन्ति भएको र सीसी क्यामेराको नियमित मर्मत सम्भारका लागी बजेट छुटयाइनु पर्ने बताएका छन ।

कार्यक्रममा क्षेत्रिय प्रशासक वेगेन्द्रराज शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ मध्यपशिचम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदम बहादुर शाही,वीरेन्द्रनगर नगरपालिका कार्यलयका प्रमुख बिमलराज आर्चाय नेपाली कंग्रेसको जिल्ला सभापती कमलराज रेग्मी,माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण जिसी (जितेन्द्र) प्रजातन्त्र पार्टीका अध्यक्षय मान बहादुर खडका लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी क्षेत्रीय प्रशासका वेगेन्द्रराज शर्मा पौडेलको रहेको थियो भने कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले गरेको थिए ।