२०७७ माघ ११, आईतवार

प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्तसँग परामर्श गर्दै

काठमाडौं, १७ चैत । साताव्यापी चीन भ्रमण सकेर हिजोमात्रै स्वदेश फिर्ता भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज स्थानीय तहको निर्वाचन तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसँग परामर्श गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले अपरान्ह चार बजे प्रमुख निर्वाचन आयुक्त डा. यादव लगायत आयुक्तहरूलाई आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालका अनुसार छलफलमा निर्वाचनको अहिलेसम्मको तयारीका विषयमा परामर्श हुनेछ ।

स्थानीय तहको निर्वाचन तोकिएको समयभित्र हुने दाबी गर्दै आएका प्रधानमन्त्री दाहालले आन्दोलनरत समूह मधेसी मोर्चालाई पनि चुनावमा भाग लिने गरेर गृहकार्य गरिरहेको जनाएका छन्