२०७७ माघ ५, सोमबार

कलाकारहरुले नेतालाई भने, दिल्लीवाला सिल्लीका कारण अपर कर्णाली बेचिने भो

आयोजना हामि आफै बनाउ : शर्मा
सुखेत चैत १८ । माथिल्लो कर्णाली बचाउन लागिरहेका अभियन्तालाई साथ दिन नेपालका चर्चित कलाकार हरु मनोज गजुरेल र जिवन शर्मा सुर्खेत पुगेका छन ।

कलाकारद्धयले विहिवार वीरेन्द्रनगरमा अपरकर्णाली स्वदेशी लगानिमै बनाउनुपर्छ भन्ने शेन्देश बोकेको एक सास्कृतिक कार्यक्रममा भाग लिएर विभिन्न प्रस्तुति प्रस्तुत गरेका छन । सास्कृतिक प्रस्तुतिका माध्यामबाट हास्य कलाकार मनोज गजुरेलले नेपालमा रहेका दिल्लीवाला सिल्ली नेताको दिल्लीसंगको अपवित्र सम्बन्धले अपर कर्णाली बेचिने खतरा भएको बताए ।

गजुरेलले नेताहरुलाई व्यगे गर्दै अहिलेको राजनितिज्ञहरुले आफ्नो स्वार्थ मिले नेपालैलाई नै भारतमा बेच्दीने हुनकि भन्ने चिन्ता व्यक्त गरे । नेपाली सरकार र दलको असक्षमताका कारण सबै कुरामा भारतको भर पर्नुपर्ने भन्दै गजुरेलले अब नेपालको निर्बाचनमा मतदाता पनि भारतबाटै ल्याउने हुन कि भन्ने चिन्ता बढेको प्रतिक्रीया दीए ।

गाडि विदेशी,पर्यबेक्षक विदेशी निर्बाचनका मत पेटिका विदेशी अनि अब मतदातापनि विदेशी आउने त होलान नी गजुरेलको बर्तमान सरकार प्रति ब्यगे थियो । माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान केन्द्रिय समितिको आयोजनामा वीरेन्द्रनगरमा भएको सांस्कृतिक कार्यक्रमममा जन गाएक जिवन शर्माले थोरै पैसामा बन्ने महत्वपुर्ण आयोजना भारतलाई बुझाउन लागेकोमा आपत्ती प्रकट गरेका छन ।

शर्माले नेपाली लगानिमै माथील्लो कर्णाली आयोजना निर्माण सम्भव भएकाले सबैले आट गरे आयोजना आफै बनाउन सकिने बताए । शर्माले सिमली छायामा बसी,फुक्लनिको टापुबाट जस्ता महत्वपुर्ण पुराना र चर्चीत गित गाएका थिए । जनगायक जीबन शर्माले देशभक्ति गीत गाएर दर्शकहरुलाई नचाउन समेत सफल भए ।

रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले माथिल्लो कर्णाली भारतीय कम्पनी जीएमआर मार्फत नभई स्वदेशकै लगानीमा बनाउनुपर्छ भन्ने सन्देशमुलक नाटक,अपेरा तथा विभिन्न नृत्यहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा कलाकारहरु नारायण शर्मा, निलीमा पुन, दलबहादुर विक, जीबन शाही, लक्ष्मी रिजाल समिर विक, सुमन रोका, भुवन वस्याल, ज्योति फौँजा, सतिश कुवँर, उषा तरामु, जनक श्रीष, वन्दना राना, प्रेम चौधरी, पबित्रा बडु, अजित परियारलगायतको सहभागिता थियो ।

रक्तीमले अपर कर्णाली आयोजनाबाट प्रभावित विभिन्न जिल्लाहरुमा गएर यस्तो सास्कृतिक कार्यक्रम गर्ने जनाएको छ । कलाकारहरुको प्रस्तुति आज शुक्रवार दैलेख सदरमुकाममा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।