२०७७ मंसिर १८, बिहीबार

भान्सा छोएको निहुमा दलित बालकमाथि निर्घात कुटपिट

सुर्खेत, चैत १८ । प्रस्ताबित बराहा गाँउपालिका वडा नं ८ जातीय बिभेदका नाममा घरमा भात छोएको निउमा ९ वर्षको एक दलित बच्चा संघातिक कुटपिट भएको छ ।

बहारा गाँउपलिका वडा नं ८ का बडाडाँडा माध्यमिक विद्यालय कुमिकोटमा कक्षा ३ अधययनरत छात्र भिम बहादर बिकलाई सोही गाँउका भरत शाही उनकी आमा बाटु शाहीले कुटपिट गरी बेहोस बनाएका हुुन ।  बाटुका एक लाटो छोराले सामान लिन पठाएका भिमबहादुर बिकलाई कुटपिट गरेको हुन । भिमबहादरकी आमा जयसरा बिक गोठालो गएको बेलामा कुटपिट गरी बेहोस बनाएको बताइन ।

बेलुका घरमा आउदा छोरालाई कुटेर बेहोस अवस्थामा भरत शाहीकै घरमा सुताएको बताएकी छन । अन्दाजी २२÷२५ वर्षको भरत उस्कै आमा बाटु शाहीले साँजको लाठीले हानेर शरिर निलो डाम बसालेको र छोरा बेहोस अवस्थामा रहेको जयसरा बिकले बताएकी हुन ।

”उनको छोराले घरको भान्छामा सामान लिन पठाएको बेला भात छोएको निहुमा कुटेर बेहोस बनाएको जयसराले बताइन । घाइते भिमबहादुर लाई क्षेत्रीय अस्पताल कालागाँउबाट उपचार गरी उजुरीका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ ।