२०७७ मंसिर १३, शनिबार

ऋाशा सञ्जालको भेला

सुर्खेत चैत १८ । सामाजिक कार्यका लागी किशोर तथा किशोरी सहजकर्ता सञ्जाल आशा सञ्जालको क्षेत्रगत भेला तथा दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

स्ट्रोमा फाउन्डेशनको आर्थिक तथा प्राविधीक सहयोग किर्डाक नेपालद्धरा सञ्चालित नेपालमा दलित किशोर तथा किशोरीहरुको अधिकार मुखी शिक्षा सम्वाद कार्यक्रम अन्तररगत आशा सञ्जालका अध्यक्ष देवी रावलको अध्यक्षता कार्यक्रम भएको हो ।

कार्यक्रममा संम्वाद कार्यक्रमका जिल्ला संयोजक मेघराज न्यौपानले सामाजिक रुपान्तरणको अभियानमा आशाका किसोरीहरुले खेलेको भुमिकाको खुलेर प्रसंसा गरेका थिए । साधारण सभाबाटै अन्जना साउदको अध्क्षयतामा १२ सदस्य नयाँ कमिटी चयन गरेको छ । जस्को उपाध्यक्ष तेजकुमारी थापा मगर, सचिव पदम सार्की, सह सचिव सुनिता बुढाथोकी ,कोषाध्ष्क्ष नारायण बिक रहेका छन ।

कार्यक्रममा इलका प्रहरी कार्यलय, महिला सञ्जाल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र लगायत प्रतिनीधि तथा स्थानीय बासीन्दाको सहभागिवता रहेको थियो । कार्यक्रमको सहजीकरण अमर बिकले गरेको थिए ।