२०७७ मंसिर १३, शनिबार

दुइ कर्मचारी महासंघको प्रदेश स्तरिय एकता भेला

सुर्खेत चैत २० । नेपाल राष्टीय कर्मचारी महासंघ र राष्टीय कर्मचारी महासंघ विचको प्रदेश नम्बर ६ को एकता भेला भएको छ । दुइ संगठनका विचमा केन्द्रमा एकता भएपनि ६ नम्बर प्रदेशमा एकता भेला भएको थिएन ।

नेकपा माओवादी केन्द्र (निकट) नेपाल राष्टिय कर्मचारी महासंघ र बैद्य माओवादी निकट कर्मचारी संगठनका विचमा पहिलोपटक प्रदेश स्तरीय एकता भेला तथा प्रशिक्षण कार्याक्रमको आयोजना गरिएको छ । नेपाल राष्टिय कर्मचारी महासंघ केन्द्रिय समन्वयन समितिका अध्यक्ष जयराम बस्यालको अध्क्षयतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका संगठन विभाग प्रमुख राम बहादुर थापा बादलको उपस्थीत रहेको थियो ।

प्रदेश भेलाबाट मिन बहादुर केसीलाई इन्र्चाज, चयन गरिएको छ सह इन्र्चाजमा जन महतारा लाई चयन गरिएको छ । यस्तै प्रदेश संयोजकमा कटक बहादुर महत,सह संयोजक तेज बहादुर खत्री, सेक्रेटरी देवेश्वर गिरी चयन भएका छन ।

प्रदेश नं ६ १० वटा जिल्लाका अध्यक्ष सदस्य रहेका छन । प्रदेश भेलाले ७ वटा केन्द्रिय महासंघ अन्तरगत राष्टिय सम्मेलनको प्रतिनीधि चयन गरेको छ । केन्द्रिय भेला आयोजक समिति सदस्य रहने गरी क्षेत्रीय समन्वन समिति पनि भेलाले गठन गरिएको छ ।

संयोजक कटक बहादुर महतका अनुसार वैशाख मसान्त सम्म जिल्ल्लाका सम्मेलन गरी सक्नु पर्ने र जेठ २० गते सम्म प्रदेश स्तरिय सम्मेलन सम्पन्न गर्नु पर्ने भेलाले निर्णय गरेको छ ।