२०७७ माघ ९, शुक्रबार

संघियतामा शिक्षा बहष, पाठ्यक्रममा सस्कृती र सभ्यता पढाऔ

सुर्खेत चैत २० । प्रदेश नम्बर ६ मा रहेका निजी र सामुदायिक विद्यालयहरुबिच साझेदारी भए मात्रै यस क्षेत्रको शैक्षिक गुणस्तर कामय हुने शिक्षाप्रेमीहरुले बताएका छन् ।

उनीहरुले अब सिंहदरबारको अधिकार जनताको दैलोमा पुग्ने स्थिति सृजना भएको भन्दै गाउँ गाउँमा निजी विद्यालय स्थापना गर्ने उल्लेख गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)प्रदेश नम्बर ६ ले आयोजना गरेको संघीयतामा शिक्षा विषयक कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् । कार्यक्रमा प्याब्सनका केन्द्रिय अध्यक्ष विजय सम्भाव्यले अहिलेको शैक्षिक प्रणाली परीवर्तन हुनुपर्ने बताए ।

उनले ६ नम्बर प्रदेशमा रहेका सरकारी विद्यालयको शिक्षा सरह निजी विद्यालयको शिक्षामा विकास गर्नका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए । मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशक हरि गौतमले संस्कृतिलाई संरक्षण गर्ने खालको पाठ्यक्रम ल्याउनुपर्ने बताए । गौतमले बालबालिकालाई मातृभाषाको माध्ययमबाट ज्ञान सम्प्रेषण गर्ने वातावरण तयार गनुपर्ने समेत बताए ।

सुर्खेतका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले देशको शैक्षिक उन्नतिका लागि भौचर प्रणाली अत्यावश्यक रहेको औल्याएका छन । निजि र सामुदायिक विद्यालयहरुबिचको खाडललाई पुर्नको लागि भौचर प्रणाली आवश्यक रहेको भन्दै शाहले सरकारले अति विपन्न जेहेनदार विद्यार्थीहरुको नाममा पैसा जम्मा गरिनुपर्ने मा जोड दिए ।

उनले सरकारी विद्यालयको अव्यवस्थापनले गर्दा नै निजी विद्यालयको व्यवस्थापन भएको भन्दै यो प्रक्रियाले देशको शिक्षा गुणस्तर नहुने जिकीर गरे । उनले निजी विद्यालयहरुलाई निश्चित मापदण्ड बनाएर काम गर्न सुझाव पनि दिँदै अब सामुदायिक विद्यालयमा सुशासन कायम हुने बताए ।

जिशिअ शाहले अहिले १ अरब ३६ करोड रुपैयाँ बजेट शिक्षाका लागि छुटिएको भन्दै अब प्रत्येक स्थानीय तहमा बजेट बाँडफाँड गर्ने हो भने करिब २० करोडको हाराहारीमा बजेट विनियोजन हुने उल्लेख गरे । कार्यक्रममा प्याब्सनका केन्द्रिय महासचिव राजेन्द्र बानियाँले संघीय नेपालमा शिक्षा विषयक कार्यपत्र प्रस्तुत गर्दै शिक्षामा भौचर प्रणाली लागु हुर्नैपर्ने दाबी गरे ।

प्याप्सन प्रदेश नम्बर ६ का अध्यक्ष नैनसिंह खत्रीले सरकारले संस्थागत विद्यालयहरुलाई सरकारले वेवास्ता गरेको भन्दै अब आफुहरुको भविष्य खोज्नका लागि सचेत भएर लाग्न सबै एक हुनुपर्ने बताए । प्रदेश नम्बर ६ मा शैक्षिक सम्भावना बढी भएकाले पनि शिक्षामा गुणस्तर बढाउन लागी पर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरुले विकसित देशका विद्यालयहरुको बारेमा भाषण मात्र नभई उनीहरुले गरेका कामलाई आफ्नो देशमा लागु गर्नुपर्ने बताएका छन् ।

उनीहरुले निजी विद्यालयको संरक्षण अब राज्यले गर्नुपर्ने बताएका छन् । कार्यक्रममा प्रदेश नम्बर ६ का दशवटै जिल्लाका प्याब्सन अध्यक्ष, केन्द्रिय प्रतिनिधि, राजनितिक दलका प्रतिनिधिलगायत सामुदायिक तथा निजी विद्यालयका शिक्षकशिक्षिकाको सहभागिता थियो ।