२०७७ माघ ३, शनिबार

सके एक्लै जित्ने नभए सहकार्य गरेर पनि जित्ने : बादल

सुर्खेत चैत २० । नेकपा माओवादी (केन्द्र)को प्रदेश नं ६ प्रदेशमा स्तरिय पार्टी कार्यालयको शनिवार उद्दघाटन गरिएको छ । प्रदेश नम्बर ६ मा पार्टी कार्यालयको उदघाटनमा सुर्खेतमा आएको नेकपा माओवादी (केन्द्र)का संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता राम बहादुर थापा (बादल)ले निर्बाचन लगाएतका कुरामा केन्द्रित हुन कार्यालयको महत्वपूर्ण भुमिका रहने भएकोले माओवादीले ६ नम्बर प्रदेश कार्यालय स्थापना गरेको बताए ।

कार्यालयको उद्घाटन गर्दै बादलले जनयुद्धका क्र्रममा माओवादीले प्राप्त गरेको उपलब्धीको प्रचार र रक्षा गर्दै स्थानिय तहको निर्बाचनमा एक भएर लाग्न कार्याकर्ताहरुलाई निर्देशन दिए । जनताको घरै दलौमै पुगेर र सम्भव नभएका ठाउमा विभिन्न प्रविधीको माध्यमबाट जनता सामु माओवादी केन्द्र पुग्ने र पुग्नुपर्नेमा बादलको जोड थियो ।

वैशाख हुन लागेको स्थानीय निर्वाचनमा प्रदेश नं ६ मा माओवादी केन्द्र पहिलो हुन सक्ने भखरै भएको विद्यार्थी निर्वाचनले संकेत देखाएकोले स्थानिय तहको निर्बाचनमा पनि अब प्रदेश नं ६ मा माओवादी केन्द्र पहिलो थापाले बताए । बहुमत स्थानिय तहमा माओवादी केन्द्र एक्लै लडेर जितिने भन्दै जित्न बहुमत नपुगेको क्षेत्रमा सहकार्यका माध्यामबाट पनि जित्ने निति रहेको बादलको भनाई छ ।

प्रदेश नं ६ मा १० जिल्ला केही जिल्ला कमजोर भए पनि सहकार्य गरी जित्न सकिने बादलको जोड छ । बादलले स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जिते देशले धेरै ठुलो फड्को मार्ने बताए । सोहि कार्यक्रममा विप्लबका भेरी कर्णाली ब्युरो सदस्य कटक परियार,जिल्ला कमिटी सदस्य चरित्र बिसी, यस्तै पर्यटन व्यवसायी ज्ञानेन्द्र गौतम समुद्र लगायत वीरेन्द्रनरका ९६ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेको छन ।

प्रवेश गरेकाहरुलाई संगठनका विभाग प्रमुख राम बहादुर थापा बादलले पार्टिमा स्वागत गरेका थिए । कार्यक्रममा पुर्व गृहमन्त्री तथा प्रदेश नं ६ का इन्र्चाज शक्ति बहादुर बस्नेत, संयोजक मायाप्रसाद आचार्य लगाएतको सहभागिता रहेको थियो ।