२०७७ मंसिर १४, आईतवार

जागरण एफ एम सम्मानित

सुर्खेत, चैत २० । सहकारीको क्षेत्रमा योगदान पु¥याएको भन्दै जागरण एफ. एम. सुर्खेतसहित सहकारी कर्मीहरुलाई सम्मान गरिएको छ ।

वीरेन्द्रनगरमा भएको कार्यक्रममा एकता समाज सञ्चार सहकारी संस्था लिमिटेडले जागरण एफ. एम. का स्टेशन म्यानेजर दीपेन्द्र ओली, सहकारीका अभियान्ता तथा राष्ट्रिय सहकारी वैँकका सञ्चालक हरिहरनाथ योगी र शिक्षक कल्याण वचत सहकारी संस्थाका मोहन गौतमलाई सम्मान गरेको छ ।

आज मनाउन लागिएको ६० औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा एकता समाज सञ्चार सहकारी संस्था लिमिटेडले ‘सहकारी विकासका लागि सञ्चारको भूमिका’ विषयक अन्तक्र्रियासमेत गरेको छ ।

अन्तक्र्रियामा सम्मानित व्यक्ति, राष्ट्रिय सहकारी वैँकका सञ्चालक एवम् जनहितकारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिहरनाथ योगीले सहकारीलाई सरकारले विकासको साझेदारका रुपमा बुझ्नुपर्नेमा जोड दिए ।

वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।  अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी करिव ३४ हजार सहकारी संस्था छन् ।