२०७७ माघ ५, सोमबार

एमनेष्टीको १० औ वार्षिकउत्सव

सुर्खेत, चैत २० । एम्नेस्टी इन्टरनेसनल नेपाल, काँक्रेविहार युथ नेटवर्क सुर्खेतको १० औं बार्षिकोत्सव सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा साधारण सदस्यहरुको भेलाले सचिवमा जीवन बिसी, कोषाध्यक्षमा घनश्याम राना एवम सदस्यमा अनिता शाहीलाई निर्विरोध निर्वाचित भएका छन । भानुभक्त भारतीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सस्थाको आर्थिक प्रगति प्रतिवेदन अनिता शाहीले ९८ हजार ७ सय आय व्यय बराबर प्रतिवेदन प्रस्तुत गरेकी छन ।

संस्थाका प्रगती प्रतिवेलन प्रकाश जैसीले प्रस्तुत गरेको थिए । कार्यक्रममा देबेन्द्र सेजुवाल, सीमा चन्द, यमुना सापकोटा, नारायण नाथ योगी, जगत अधिकारी, खगेन्द्र अधिकारी, भोजप्रसाद आचार्य, पहल असिम, कृष्ण विरही जलन लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष सिर्जना जिसीको अध्यक्षतामा भएको थियो ।