२०७७ मंसिर ९, मंगलवार

सिम्ता गाँउपलिकाको वडा अध्यक्ष चयन

सुर्खेत चैत २१ । नेकपा माओवादी (केन्द्र)को सिम्ता गाँउपालिकाको विभिन्न वडा अध्यक्षको चयन गरिएको छ । वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचानको लागी नेकपा माओवादी (केन्द्र)ले वडा अध्यक्षको टुङगो लगाएको हो ।

सिम्ता गाँउपलिका अन्तरगत वडा नं ३ साविक आग्रिगाँउ गाविसको वडा अध्यक्ष कुइरासिं ठकुरी,चयन भएका छन । यस्तै वडा नं २ मा हंश बहादुर रावल, वडा नं ५ मा रुपलाल बुढा मगर ,वडा नं ९ मा प्रेम बहादुर सुनार,वडा नं ७ राजेश घर्ति मगर,निर्विरोध चयन भएको माओवादी केन्द्रका केन्द्रिय आयोजक समितीका सदस्य चित्र बहादुर हमाले जनाकारी दिएका छन ।