२०७७ माघ १४, बुधबार

चिङगाड गाउपालिकाकी एक जना महिला बेपता

सुर्खेत चैत २१ । प्रदेश नं ६ को प्रस्तावित चिङ्गाड गाउँपालिका एक जना महिला वेपत्ता भएकी छन । आइतबार साँझ ५ बजे तिर दाउरा ल्याउन जंगल गएको भए पनि अहिले सम्म घर नफकिएको परिवार श्रोत जनाकाएको छ ।

चिङ्गाड तल्लो रगुलका गणेश खड्काकी श्रीमति २१ वर्षिय जमुना खड्का वेपत्ता भएकी छन । सम्भावित ठाँउमा जताततै बुझदा पनि फेला नपरेको प्रहरीलाई खबर गरिएको स्थानीय चन्द्र बहादुर रानाले जनाकारी दिएका छन । घरमा २ वर्षको वच्चा छोडेर जमुना घरवाट आधा घण्टाको दुरीमा पर्ने रानी पोखरी जंगलमा दाउरा ल्याउन भनेर गएको वताईएको छ ।

जमुनाको श्रीमान रोजगारीका लागी भारतमा गएका छन । कसैले फेला पारेमा मोवाईल नम्वर ९७४८१००६२३ मा खवर गरेर सहयोग गरिदिन अनुरोध गरिएको छ ।