२०७७ मंसिर १६, मंगलवार

गढीमा स्वास्थ्य चौकीको सामाजिक परीक्षण

सुर्खेत, २१ चैत । स्वास्थ्य चौकी गढीको सामाजिक परीक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोग तथा असल शासन क्लव जिल्ला समन्वय समिति सुर्खेतको सहजीकरणमा आइतबार सामाजिक परीक्षण गरिएको हो ।

सार्वजनिक परीक्षणमा स्वास्थ्य चौकीले प्रवाह गरेको सेवाका बिषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गरिएको थियो । छलफल तथा अन्र्तरक्रियापछि स्वास्थ्य संस्थाको सेवालाई थप प्रभावकारी बनाउनका लागि कार्ययोजना समेत बनाइएको छ ।

पानी संकल ट्याङ्गी निर्माण गर्ने, ल्याब सेवा सञ्चालन गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लगायतका विषयलाई कार्ययोजनमा समावेश गरिएको छ । यी कार्यहरु २०७४ सालभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज गंगा श्रेष्ठले सेवा प्रवाहको अवस्था बारे जानकारी दिएकी थिइन ।

असल शासन क्लवको सहजीकरणमा यस बर्ष जिल्लाका ५० वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरिदैछ ।