२०७७ माघ ५, सोमबार

उत्तर कोरियाको मुद्धा अमेरिकाले एक्लै हल गर्छ : ट्रम्प 

२१ चैत, एजेन्सी। चीनले साथ दिओस नदिओस अमेरिकाले उत्तर कोरियाली परमाणु खतराको ‘हल’ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

ब्रिटेनको पत्रिका फाइनेन्सियल टाइम्सको अन्तर्वार्ताको क्रममा उनले भने, ‘चीन उत्तर कोरियाली मुद्धा समाधान गर्दैन भने हामी गर्नेछौ।’

एक्लै अमेरिका यो समस्या समाधान गर्ने सक्षम हुन्छ ? भनि सोधिएको प्रश्नमा उनले अमेरिका पुरै तरिकाले सक्षम रहको बताउँदै उनले भने, ‘उत्तर कोरियामा चीनको निकै प्रभाव छ र चीनलाई यो फैसला गर्नुपर्नेछ कि उ उत्तर कोरियालाई सहयोग गर्न वा हामीलाई।’

एक्लै उत्तर कोरियामाथी एक्लो आक्रमण गर्ने बारे उनले स्पष्ट जवाफ भने दिएनन्। बिहिबार चीनका राष्ट्रपति सि जिनपिङसंग बैठक हुनुअघि ट्रम्पको यस्तो टिप्पणी आएको हो। उत्तर कोरिया लामो दुरीको मिसाइल बनाउन सफल हुनसक्ने आशंका गरिएको छ जसको मारक क्षमता अमेरिकासम्म हुनेछ।

उत्तर कोरियाको एकमात्र अन्तराष्ट्रिय सहयोगी चीन पनि मिसाइल परीक्षणलाई लिएर उत्तर कोरिया प्रति रुष्ट बनेको छ। अघिल्लो फेब्रुअरीमा चीनले सन् २०१७ को अन्त्यसम्मको लागि उत्तर कोरियाबाट कोइला आयातमा प्रतिबन्ध लगाएको थियो जुन उत्तर कोरियाको विदेशी मुद्राको एक ठूलो स्रोत हो। source by : nepaliheadlines