२०७७ माघ १४, बुधबार

सहकारीको क्षमता बढाऔ

सहकारीका आफ्नै सिदान्त र मान्यताहरु छन । ति मान्यतामा रहेर विकास भएका सहकारीले कतै न कतैबाट आफ्नो बाटो राम्रैसंग तय गरेका छन ।

आर्थीक उपार्जन सहित उनिहरुले सामाजिक सेवा पनि गरेका छन र त्यसको आाधारमा उनिहरुले कमाएको सामाजिक प्रतिष्ठा पनि ठुलै छ । विभिन्न शन्दर्भ र पर्वहरुमा यस्ता महत्वपुर्ण काम गरेका प्रतिष्ठा कमाएका र सामाजिक योगदान गरेका सहकारीहरुको कदर र सम्मान हुने गरेको छ । राम्रा गर्ने हरुलाई कसै न कसैले सम्झीरहेको हुन्छ ।

राज्यले सहकारी क्षेत्रबाट पनि आर्थीक विकासशका लागि ठुलो सहयोगको अपेक्षा गरेको छ । आर्थीक विकासले मात्रै दैनिक जिवनहरु सुध्रने र गरिवि हट्ने निश्कर्षमा रहेको समग्र हाम्रो संरचनामा निजि क्षेत्र र सरकारी पछि सहकारीको पनि महत्वपुर्ण योगदान रहनेगरेको छ । स्थानिय स्तरमा आम सर्वसाधारणहरु वित्तीय संस्थाहरुको पहुचमा छैनन् वित्तीय संस्थाको पहुचमा नहुनु भनेको आर्थीक उपार्जन र अन्य क्षेत्रमाको विकासशा लागि चाहिने आधारभुत पुजि नहुनु हो । यस्ले समग्र नागरिकहरुलाई समस्यामा पारिरहेको छ ।

नेपालका शन्दर्भमा सहकारीले खेलेको भुमिका सधै प्रसंसा गर्न सकिन्छ । यस्को कार्य क्षमता तथा सबै क्षेत्रमा भएको विस्ताले पनि वित्तीय क्षेत्रमा महत्वपुर्ण सहयोग भएको छ । यहि सहयोगको योगदान स्वरुप राष्टिय सहकारी दिवसको अवसरमा सुर्खेतका विभिन्न सहकारी संस्थाहरु सम्मानित भएका छन । यि संहकारीको कार्य क्षमतामा विकास तथा यिनको व्यवस्थापन अवको आवश्यक्ता र महत्वको विषय हो ।