२०७७ कार्तिक ८, शनिबार

अखिल क्रान्तिकारीद्वारा सरसफाई

13900143_187302331684107_9111519336455323796_nसुर्खेत, साउन २६ ।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सरसफाई गरेको छ ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पसको हाता भित्र रहेको झाडी र बगैचाहरुमा रहेको फोहोर अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सफा गरेका हुन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अखिल क्रान्तिकारीबाट सभापतिको उम्मेदवार बनेका राजेन्द्र बुढाको नेतृत्वमा अखिल क्रान्तिकारीले सरसफाई गरेको हो ।

सोमबार नेकपा एमालेको विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमको फोहोर समेत अखिल क्रान्तिकारीले उठाएको छ । कार्यक्रममा अखिल क्रान्तिकारीका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न संकायका विद्यार्थीहरु, संगठनका जिल्लाका पदाधिकारीहरु, केन्द्रीय पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।