२०७७ माघ १२, सोमबार

प्रचण्डले म माथि ठूलो षड्यन्त्र गरिरहेका छन् : भट्टराई

काठमाडौं, २३ चैत। । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले आफुमाथि षड्यन्त्र भएको बताएका छन् ।

उनले निरंकुशता लाद्ने गरि आफुलाई माइनस गर्न प्रचण्डले गुपचुपमा कानुन ल्याएको दावी गरे । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै स्थानिय तहको कानुन बनाउदा रातारात राजपत्रमा प्रकासित गरेको बताए । उनले दलीय हैसियतमा चुनाव चिन्ह नदिएसम्म स्थानिय तहको चुनाव हुन नदिने दावी गरे ।

‘पुराना राजनीतिक शक्तिहरुले विभिन्न हतकण्ठा प्रयोग गरेर नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र भइरहेको छ’ उनले भने प्रचण्ड कुर्सीमा बस्ने कमिसन र भ्रष्टाचारमा रमाउने बाहेक केही गर्न सक्दैनन, म माथि षड्यन्त्र भइरहेको छ । ’ प्रमुख तीन दल वाहेक अरुलाई चुनावमा नलैजाने षड्यन्त्र स्वरुप निरंकुश निर्णय गरेको बताए । यो सरकार जति भ्रष्टचार सरकार अहिलेसम्म आफुले नदेखेको आरोप लगाए ।

धमलाको प्रश्नमा भट्टराईले भने, ‘यो ऐनमार्फत नयाँ राजनीतिक शक्तिलाई चुनावी प्रतिपर्धाबाट रोक्ने काम भएको छ । प्रचण्डले किन गरे त्यस्तो उनलाई सोध्नु होला । ’

संसदमा प्रतिनिधित्व नगरेका दललाई निर्वाचन पार्टीको निर्वाचन चिन्ह नदिने भएपछि उनले चुनावमा भाग लिनुको कुनै औचित्य नभएको बताए । कुनै बेलाका आफ्ना सहयोद्धा पुष्पकमल दाहाल सरकारलाई भ्रष्ट र निरंकुश भएको भट्टराईले आरोप लगाएका छन् । उनले भने, “भ्रष्ट र निरंकुश प्रचण्ड सरकारका विरुद्ध संयुक्त आन्दोलन जारी रहन्छ हेर्दै जानुहोला जनता नै सडकमा आउनेछन् ।