२०७७ माघ ११, आईतवार

चिनियाँ राष्ट्रपतिको अमेरिका भ्रमण अघि उत्तर कोरियाको मिसाइल परीक्षण 

२३ चैत, एजेन्सी। उत्तर कोरियाले आफ्नो पूर्वी पोर्ट सिम्पोबाट जापानी सागरमा एक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको अमेरिकी र दक्षिणी कोरियाली अधिकारीहरुले बताएका छन्।

दक्षिण कोरियाका रक्षा मन्त्री अनुसार मिसाइलले ६० किलोमिटर यात्रा गरेको थियो। उत्तर कोरियाको यो नयाँ मिसाइल परीक्षण हो।

शान्तिपूर्ण बताइएको यो मिसाइल परीक्षण उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमकै हिस्सा भएकोमा पश्चामी देश डराएका छन्।

चिनियाँ राष्ट्रपति सि जिनपिङको अमेरिका यात्रापूर्व उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो। चिनियाँ राष्ट्रपति आफ्नो अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसंग भेटवार्ता गर्नेछन्। दुवै नेताले उत्तर कोरियाको मिसाइल कार्यक्रममा लगाम लगाउने बारे पनि छलफल गर्नेछन्। संयुक्त राष्ट्रले उत्तर कोरियामाथी मिसाइल र परमाणु परीक्षणमाथी लगाएको प्रतिबन्ध जारी छ।

प्रशान्त महासागरमा अमेरिकी सैन्य कमान्डले उत्तर कोरियाको यो नयाँ परिक्षण KN-15 मध्यम रेन्जको ब्यालेस्टिम मिसाइल भएको बताएको छ। अघिल्लो महिना उत्तर कोरियाले ४ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। source:nepaliheadlines