२०७७ मंसिर ९, मंगलवार

निर्बाचन र बाढिपीडीत ‘सम्पादकीय’

निर्बाचनमा उठ्ने दलहरुका लागि सधैभर नया र फरक चुनावि ऐजेण्डा हुन्छन । आ आफ्ना घोषणापत्रमा लेखिएका ति एजेण्डाका कारण दलहरुले आ आफ्नो बहुमतको दावि गर्ने हुन र उनिहरुले भोट संकलन गर्ने हुन । तर विडम्बना कुनै कुनै यस्ता एजेण्डा हुन्छन कि आवश्यक्ता हुदा हुदैपनि खासमा जिम्मेवार बोध न दलले गर्छन न उम्मेदवारले गर्छन ।

ति मतदाता उनिहरुलाई त झन निर्बाचनको रौनक समेत हुदैन । करिब २ बर्ष अगाडि सुर्खेतमा बाढि आयो र सारा सुर्खेतीहरुलाई नरमाइलो स्मरण छोडेर बाडि गयो । यस्ले दिर्घकालीन रुपमा ठुलै असर पर्छ । अहिलेपनि ति बाढि पिडितका लागि कटेरोमुनिको बास छ ।

अहिलेपनि बाढीका कारण विस्थापित भएका गिरीघाट क्षेत्रका बाढीपिडितको बाँस र गाँसको जोहो गर्न सकेका छैनन् । पुर्नस्थापना पाउने आशा राखेका बाढीपिडित आशा त्यसै मरेको छ । अहिलेपनि सरकारी तवरबाट खान र बस्नका लागि कुनै आर्थिक सहयोग हुन नसकेको पीडित बताउँछन ।

बाढीका कारण हरिहरपुर गाविस बाढीले घरबास बगेको पीडा उस्तै छ । गिरीघाटकोबीच जंगलमा साना छाप्रोमा बस्दै आएका छन । बाढीबाट सबै गुमेपछि भोकभोकै र खुल्ला आकाशमा बस्न थालेका ३२ महिना पुग्दासम्म उनीहरु सुताई खानपिनको व्यवस्थापन भएको छैन ।

बाढीले तहसनहस बनाएपछि सरकारी सहयोग र राहात आउने आशा गरेका बाढीपिडितहरु अहिले निराश हुँदै गएका छन । स्थानिय तहको निर्बाचन आउदा पनि बाढिपिडितलाई निर्बाचनको रौनकले छोएको छैन । भोट हाल्ने के कता भन्दा पनि साझको छाक टार्ने कसरी भन्नेमा बाढिपिडितको चिन्ता छ । गिरीघाटका बाढिपिडीत जस्तै जिल्लाभरीकै बाढिपीडितका लागि निर्बाचन आएजस्तो नि लागेको छैन ।

अब हुने निर्बाचनमा ति बाढिपीडीतले जस्ले आफुहरुको व्यवस्थापनका लागि चीन्ता व्यक्त गर्छ र आ आफ्नो गाउ जानका लागि वातावरण मिलाइदिन्छ उनैलाई मात्र मतदान गर्ने निश्कर्षमा पुगेका छन । हामि पनि आशा गरौ यदि उनिहरुले भनेजस्तै दलहरुले चिन्ता व्यक्त गरिदीने र आवश्यक पहल गर्ने हो भने अहिलेसम्म बाढि पिडीतले व्यहोरेको समस्या समाधान हुनेथियो ।