२०७७ मंसिर १५, सोमबार

संग्राहलय थप व्यवस्थापनमा आउँदै

सुर्खेत चैत २४ । मध्यपशिचमाञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुखकाम वीरेन्द्रनगर स्ुर्खेतमा थुप्रै खाल्का विभिन्न सँस्कृतिको भाषाभाषीको संगम स्थलको रुपमा चिनिएको पर्यटनका थुप्रै सम्भावनाहरु बेको जिल्ला मध्ये सुर्खेत जिल्ला एक हो ।

पर्यटनको विविध सम्भावना बाकेका प्राकृतिक धार्मिक लगयातका विभिन्न क्षेत्रको विकासको पर्याप्त सम्भावनालाई कुरेर बसेको सुर्खेत जिल्ला सँस्कृति पर्यटनको आकर्षणको केन्द्र बिन्दु भन्दा फरक पदैन । सुर्खेत जिल्ला अवस्थित क्षेत्रीय सङग्रहलय एक महत्वपूर्ण रुपमा हेर्न सकिन्छ । यो सङग्रहलय वि. स २०४६ सालमा स्थापनमा भए पनि २०५७ साल बाट सञ्चालनमा आएको पाइन्छ ।

संङग्रहलयको महत्वपूर्ण उद्देश्य शिक्षा प्रदान गर्ने अध्ययन अनुसन्धान गर्ने र मनोरञ्जन प्रदान गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रका विभिन्न जातजातीको मौलिक पहिचान झल्कने ऐतिहासिक पुरातात्विक सँस्कृति महत्वका विभिन्न सामाग्री संकलन भणडारण संरक्षण प्रदर्शन गरी क्षेत्रीय स्तरमा बहुउद्देशीय संङग्रलय रुपमा विस्तार गरे पनि केही वर्ष ओझेलमा परेको थियो ।

सुर्खेत जिल्लामा धेरै जातजातीको बासिन्दाहरुको बहुलियता भए पनि अहिले यो सङग्रहलयमा विशेष गरी ४ वटा समुदायका परम्परागत भेषभुषा झल्कने सँस्कृतिक पुरना राजाहरुका पालका चाँदीका सिका भाँडाकुडा हाते औजार बाजा गाजाहरु समेटिएको छ । जसमा मगर, थारु, राउटे जातीका सँस्कृति झल्कदै आएको थिए । भने गत वर्षबाट कुमाल जातीको भेषभुषा थपिएको पाइन्छ ।

सुर्खेत जिल्लामा जसमा मगर, गुरुङ, भोटे, बोटे, थारु, राजी, मुस्लिम तथा राउटे तामाङ्ग संस्कृति यी सबै कुरा एकै ठाउँमा अवलोकन गर्न सकिने व्यवस्था मिलाउनु पर्ने देखिन्छ,’चौंबिसै घण्टा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरु संङग्रहलयको बाटो हुदै दैनिक ओहोर दोहोर गरेपनि पुरना सँस्कृति जोगाउनु पर्छ भन्ने खासै चासो दिएको पाइदैन ।

उता सिमान्तकृत समुदायका बासिन्दाहरु लोप हुने अवस्था रहेको छ । स्थानीय बोटे समुदायका युवक भन्छन ”बोटे समुदायको पनि सँस्कृतिक झल्कने भेषभुषा संङग्रहलयमा समेटिनु पर्ने बताउछन । ”सुर्खेतमा सरकारले बोटे जातीलाई संरक्षण प्रर्वदन गर्ने हो भने बोटेको डर लाग्दो अवस्था रहेको डिलबहादुर बोटे गुनासो पोखे ।

२०६८ सालको तथ्याङ्गक अनुसार सुर्खेतमा पुरुष जातीको संख्या १३ महिलाहरुको संख्या १६ रहेको तथ्याङ्गकले देखाउछ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय संङग्रहलयले राजी, राउटे, मगर, थारु संस्कृति झल्काउने मध्यपश्चिमाञ्चल क्षेत्रीय संग्रहालय पनि यहाँ रहेकाले यति मात्रै नभई अरु लोप हुन लागेको संस्कृति भेषभुषाको पनि संरक्षण सम्बद्र्धनमा ध्यान पु¥याउन आवश्यक रहेको छ ।

संङग्रहलयमा हेर्न आउने दर्शकहरुले विशेष गरी ४ वटा जातीलाई मात्र नहेरी अन्य क्षेत्री बाहम्रण जातीका भेष भेषा समेटनु पर्ने सुझाव दिने गरेको छन ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय संङग्रहलय कार्यलयका संङग्रहलय प्रमुख नवराज अधिकारीले २०७३ साउन देखि फागुन सम्म ६ हजार ५ सय ८४ जनाले संङग्रसलयमा अवलोकन गरेको बताए । जस्मा विद्यार्थी ३ हजार ६ सय ८७ रहेको छन ।
सर्व साधारण जनता २ हजार ८ सय ६८ सार्क राष्टबाट ३ जना सार्क बाहेक अन्य मुलुकबाट ६ जनाले संङग्रहलय अवलोकन गरेको बताएका छन ।

मंसिर महिना धेरै १ हजार ७ सय ३४ जनाले अवलोकन गरे भने असोज महिनामा ३ सय २१ जनाले अवलोकन गरेका छन । ”उनले भने शुत्रवार शनिवार विद्यार्थीहरु आउछन । प्रत्येक हप्ताको मंगलवार बिदा हुन्छ । ”बाहिर जिल्ला कैलाली बाँके बर्दिया टिकापुर जाजरकोट दैलेख लगायतका जिल्लाबाट विद्यार्थीहरु पिक्नीक आउछन ।

संङग्रहलय हेरेर जाने गरेको बताए । अब संविधानको अधिकार सूचीमा प्रत्येक प्रदेशमा एक÷ एक संङलय हुने व्यवस्था रहेको र पुरात्तात्विक सँस्कृति संरक्षण संघले सञ्चालन गर्ने बताए । ”पूर्वाधार निमार्ण कार्य भइरहेकोले साउन महिना देखि नयाँ संङग्रहलय खुल्ने संङग्रहलयका प्रमुखले बताए । ”संङग्रहलयको काम विस्तार कार्य यो वर्षमा सकिने बताए ।

ऐतिहासिक पुरातात्विक सँस्कृति संरक्षण सवर्दनका लागी ३१ वटा ठाँउहरुलाई अनुदान दिएको बताए । अबको मध्यपश्चिमाञ्चल क्षेत्रीय संङग्रहलयबाट नयाँ संङग्रहलय निमार्णमा क्षेत्रीय संङग्रहलय सँग सम्झौता भई अछाम जिल्लामा बैलयता क्षेत्रमा सँस्कृतिक संङग्रहलयको स्थापनाको लागी १० लाख कैलाली जिल्ला पथटैया गाविसमा जातिय संङग्रलय स्थापनामा २० लाख यस्तै गरी लम्की कैलाली चुहा नगरपालिकामा सँस्कृतिक संङग्रहलय स्थापना १० लाख धनगडी जातिय संङग्रलय स्थापनमा ५ लाख यसै गरी जुम्ला जिल्ला खस संङग्रहलयको बाँकी कार्य भइरहेको यी सबै सम्झौता भइसेको बताए ।

”उनले संङग्रहलयको प्रवेश सम्बन्धि जनाकारीको संक्षिप्त जानकारी लिनेको लागी नेपाल टेलिकमको सहयोगमा अडियो नोटिस बोर्ड सेवा सञ्चालन गरेको संङग्रहलय प्रमुख अधिकारीले बताए । सेवा लिनको लागी १६१८०८३५२१०७० मा डायल गरी सुन्न सकिने उहाको भनाई छ ।

अब देश प्रदेशिक संरचनामा गईसकेपछि प्रदेश नं ६ राजधानी सुर्खेतका विभिन्न १५ वटा जिल्ला विभिन्न सँस्कृतिक भाषाका भेषभुषा पुरना बाजा गाजा परम्परका औजार हात हतियार लोप हुन लागेको जातजातीहरुको अध्ययन अनुसन्धान गरी लोप भएका सँस्कृति र सस्कारको जर्गेनामा सरोकारवाला निकायहरुको ध्यान दिन जरुरी छ ।

सरोकार वाला निकायहरुले चासो दिएनौ भने अहिले लोप हुन लागेको जाती हरुको अस्तिव कहाँ सम्म पुग्ने कसरी हुन्छ देश संघिय संरचनाको विकास सम्पूर्ण राजनैतिक दल बुद्धिजीवी , लगायतको ध्यान दिन जरुरी छ ।