२०७७ मंसिर १७, बुधबार

जिल्ला स्तरीय बहस/ संवाद बैठक सम्पन्न

दुर्गा थापा | सुर्खेत, चैत २४ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा सञ्चालित इएलपी कार्यक्रम अन्र्तगत गठित जिल्ला स्तरीय मानवअधिकार निगरानी समुहको आयोजनामा बुधवार वीरेन्द्रनगरमा जिल्ला स्तरीय बहस÷ संवाद बैठक सम्पन्न भयो ।

समुहका अध्यक्ष नन्द भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले इन्सेकद्धारा मालारानी र साहारे गाविसमा गठित मानवअधिकार निगरानी समुह, युवा समुह तथा बालअधिकार चेतना समुहले स्थानीय स्तरमा छलफल गरी पहिचान गरेका कृषि, शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका सवाल, वर्तमान अवस्थामा जिल्ला स्तरमा देखिएका मानवअधिकारका चुनौतिहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो ।

जिल्ला स्तरीय मानिसका पदाधिकारी, सेवा प्रदायक निकायका प्रमुख एवम प्रतिनिधी, अधिकारकर्मी, नागरिक समाज र सञ्चारकर्मीहरुको उपस्थितिी रहेको कार्यक्रममा शिक्षा स्वास्थ्य, कृषि र खाद्यअधिकारसँग सम्बन्धित सवालहरुलाई न्यूनिकरण गर्ने बारेमा प्रतिबद्धता जनाईएको थियो ।