२०७७ मंसिर २०, शनिबार

लोडसेडिङ सधैका लागि हट्योः उर्जामन्त्री प्रभाकर

मनिष खड्का | रुकुम, चैत २४ ।   उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानीय निर्वाचन भएको १५ वर्षमा देश सम्मृद्ध मुलुकको सुचीमा पर्ने दावी गरेका छन् । समृद्ध नेपाल निर्माणका लागि स्थानीय तहको चुनाव अपरिहार्य भएकोले देशमा चुनाव भएरै छाड्ने उनको भनाइ छ ।

रुकुममा आयोजित कार्यक्रममा उर्जामन्त्री प्रभाकरले देशको समग्र विकासका लागि संविधान कार्यान्वयन हुनुपर्ने र संविधान कार्यान्वयनको पहिलो कडि नै चुनाव रहेको स्पष्ट पारे । सामान्य कामका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता स्थानिय तहको निर्वाचनपछि हट्ने उनले दावी गरे ।

उनले भने,‘चुनावपछि गाउँको विकासका लागि गाउँबाटै योजना बनाउने तथा बजेट समेत गाउँबाटै छुट्याउने अवस्था आउछ ।’ राजधानीमा बसेर देश विकासको मोडालिटी तयार पार्दा नेपालको विकास हुन नसकेको उनले बताए । उनले भने,‘देशका कुन ठाउँमा कस्तो विकासको आवश्यकता पर्छ भनी पहिचान गरेर नै संघीयताको अवधारणा अपनाइएको हो । स्थानीय तहको निर्वाचनसँगै देश संघीयतामा एक कदम अगाडी बढ्छ ।’

देश समृद्ध बन्न समय नलाग्ने

स्थानीय तहमा असिमित अधिकार प्रत्यायोजन भएकाले देशको विकास चाँडै हुने उनको दावी छ । उर्जामन्त्री प्रभाकरले भने,‘अहिलेको स्थानीय तहलाई पहिलेको स्थानीय निकायसँग तुलनानै गर्न मिल्दैन । पहिले स्थानीय निकायलाई सिमित अधिकार थिएको थियो । अहिलेको स्थानीय तहलाई असिमित अधिकार दिइएको छ । यो आफैमा अधिकार सम्पन्न सत्ता हो ।’ प्राकृतिक स्रोतसाधनको पहिचान गरी देशकै जनशक्ति प्रयोग गरेर एकीकृत विकासको अवधारण अनुसार अगाडी बढेमा देश समृद्ध बन्न समय नलाग्ने उनको धारणा छ ।

लोडसेडिङ सधैका लागि हट्यो

उर्जा मन्त्री प्रभाकरले अव देशमा लोडसेडिङ तर्फ नर्फिकने दाबी समेत गरे । देशमा अहिले उत्पादन भइरहेको विद्युत सबै जनताको घरघरमा नियमित रुपमा पुर्‍याउन सकिन्छ भन्ने पुष्टी भइसको भन्दै उनले भने,‘ठूला विद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको र केही ठूला आयोजनाको निर्माण कार्य सुरु हुने क्रममा रहेकाले अव लोडसेडिङ देशबाट सधैका लागि हटिसक्यो ।’