२०७७ मंसिर १४, आईतवार

पुरीको अन्त्येष्टी

सुर्खेत, चैत २५ ।  सडक दुर्घटनामा परी मृत्यु भएका युवा व्यवसायी तथा कलाकार चेतन पुरीको अन्त्येष्टी गरिएको छ ।
मंगलबार मृत्यु भएका उनको पोष्टमाार्टमपछि बिहीबार गिरीघाटमा दशनामी समुदायको परम्पराअनुसार अन्त्येष्टी गरिएको हो ।

पुरी सुर्खेत उद्योग वाणिज्य संघ फेन्सी वस्तुगत समितिका सचिव र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका भेरी अञ्चल उपाध्यक्षसमेत रहेका थिए ।

उनको अन्त्येष्टीका लागि चिहानमा नागरिक समाज, कलाकार, पत्रकार, व्यापारी तथा उद्योगीहरूको सहभागिता रहेका थिए । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको भे. ५ प ९२७६ नम्बरको मोटरसाईकललाइ कोहलपुर नगरपालिकाको हवल्दापुरमा मंगलवार दुर्घटना हुँदा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।