२०७७ मंसिर ८, सोमबार

दलाई लामासँग किन चिढिन्छ चीन ?

२५ चैत, एजेन्सी। चीनका १४ औँ दलाई लामाको भारतको अरुणाचल प्रदेश यात्रालाई लिएर चीनले कडा असन्तुष्टी प्रकट गरेको छ ।

भारतले आफ्नो आन्तरिक मुद्धमा हस्तक्षेप नगर्न चीनलाई बताएसंगै दलाई लामा अरुणाचल प्रदेश यात्रामा निस्किएका थिए। त्यसपश्चात चीनले भारतीय राजदूत वीके गोखले मार्फत सूचना पठाइ यसको विरोध जनायो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता रहेका चुन यिंगले भने, ‘यस यात्राको भारत र चीनको सम्बन्धमा अवश्य असर पर्नेछ । यसबाट भारतलाई केही फाइदा हुनेछैन ।

चीन तिब्बतमाथि आफ्नो अधिकार जमाउने प्रयास गर्दै आएको छ । दलाई लामा ८१ बर्षीय तिब्बती आध्यात्मिक नेता हुन् । त्यसो भए ८१ बर्षीय जेष्ठ नागरिकसँग चीन किन यति चिढिन्छ ? जुन देशमा दलाई लामा जान्छन्, त्यहाँको सरकारसँग चीन आधिकारिक तरिकाले आपत्ति जनाउँछ, आखिर यस्तो किन ?

चीनले दलाई लामालाई पृथकतावादी मान्छ । चीनले दलाई लामा उसका लागि समस्या मान्छ । दलाई लामा अमेरिका गए भने चीनको कान ठाडो पर्छ । यद्यपी, २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनको विरोधका बावजुद पनि दलाई लामासँग साक्षात्कार गरेका थिए ।

चीन र दलाई लामाको इतिहास नै चीन र तिब्बतबीचको इतिहास हो । सन् १४०९ मा ‘जे सिखांपा’ले ‘जेलग स्कूल’को स्थापना गरे । यस स्कूलको माध्यमबाट बौद्ध धर्मको प्रचार गर्ने गरिन्थ्यो, जुन ठाउँ भारत र चीनबीचको थियो, जसलाई तिब्बत नामले चिनिन्छ । यसै स्कूलका चर्चित छात्र थिए ‘गेंदुन द्रुप’ । गेंदुन पछि गएर पहिले दलाई लामा बने ।

बौद्ध धर्मका अनुयायी दलाई लामालाई एक उपमाको तथा करुणाको प्रतिकको रुपमा हेरिन्छ । अर्कोतर्फ लामाका समर्थकले आफ्नो नेताको रुपमा पनि हेर्ने गर्छन् । दलाई लामालाई मुख्य रुपले शिक्षकको रुपमा हेरिन्छ । लामाको अर्थ गुरु हुन्छ र उनी आफ्नो अनुयायीलाई सही बाटोमा हिड्न प्रेरणा दिन्छन् ।

तिब्बतका बौद्ध धर्मका नेता विश्वभरका सबै बौद्धलाई मार्गदर्शन गराउँछन् । सन् १६३० को दशकमा तिब्बतको एकिकरणको समयबाट नै बौद्ध धर्मावम्बी र तिब्बती नेतृत्वबीच लडाई चलिरहेको छ । मान्चु, मंगोल र ओइरातको गुटमा यहाँ सत्ताका लागि लडाई भइरहेको छ । अन्ततः पाँचौँ दलाई लामा तिब्बतलाई एक गर्नमा सफल भएका थिए । यसका साथै तिब्बतीलाई सांस्कृतिक रुपले सम्पन्न बनाएका थिए । तिब्बतको एकिकरणको साथै यहाँ बौद्ध धर्ममा पनि सम्पन्नता आयो । ‘जेलग बौद्ध धर्मावलम्बी’ले १४औँ दलाई लामालाई पनि मान्यता दिए ।

दलाई लामाको चुनावी प्रक्रियालाई लिएर विवाद रहँदै आएको छ । १३औँ दलाई लामाले १९१२ मा तिब्बतलाई स्वतन्त्र घोषित गरेको थियो । करिब ४० बर्षपछि चीनका नागरिकले तिब्बतमा आक्रमण गरे । तिब्बतमा १४औँ दलाई लामाको छान्ने प्रक्रिया चलिरहेका बेला चीनले यो आक्रमण गरेको थियो । यस लडाईमा तिब्बतले हार बेहोर्नु परेको थियो ।

केही बर्षपछि तिब्बतका नागरिकले चिनियाँ शासकविरुद्ध विद्रोह गरे । आफ्नो सार्वभौमिकताको माग गर्न थाले । यद्यपी, विद्रोहीलाई यसमा सफलता मिलेन । आफू नराम्ररी चिनियाँ जालमा फस्नेछु भन्ने दलाई लामालाई लाग्यो । यसै क्रममा सन् १९५९ मा दलाई लामा भारतमा शरण लिन पुगे ।

दलाई लामालाई भारतमा शरण मिल्नु चिनलाई राम्रो लागेन, जतिबेला चीनमा माओत्से तुंगको शासन थियो । दलाई लामा र चीनका कम्युनिस्ट शासनबीच तनाव बढ्दै गयो । दलाई लामालाई विश्वभरबाट सहानुभूति मिल्यो तर, अहिलेसम्म उनी निर्वासन जीवन नै बिताइरहेका छन् ।

सन् १९८९ मा दलाई लामालाई शान्ति नोबेल सम्मान मिल्यो । दलाई लामा अब चीनबाट स्वतन्त्रता होइन स्वायतता चाहान्छन् । सन् १९५० को दशकबाट दलाई लामा र चीनबीच सुरु भएको विवाद अहिले पनि सकिएको छैन । दलाई लामा भारतमा रहनुले चीनसँगको भारतको पटक–पटक सम्बन्ध बिग्रने गर्छ ।